back

अनेम सङ्घ बैतडीमा भट्टराई

वि.सं.२०७३ मंसिर १६ बिहीवार

909 

shares

 १६ मङ्सिर,बैतडी । नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल महिला सङ्घ बैतडीको पाचाँै जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले दुरा भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्रा लुहार र पार्वती भट्ट, सचिवमा सरस्वती नेपाली, कोषाध्यक्षमा चन्द्रकला साउदलगायत अन्य सदस्य रहेका छन् ।

अखिल नेपाल महिला सङ्घको अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि बसेको पहिलो बैठकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । महिलामाथि हुने हिंसा रोक्नका लागि अखिल नेपाल महिला सङ्घले डटेर लाग्ने निर्णय गरेको नेकपा (एमाले) बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

अधिवेशनमा अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिवालय सदस्य माया भट्ट, एमाले केन्द्रीय सदस्य पुरनसिंह दयाल लगायतको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०२:५९ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...