back

माओवादी केन्द्रका केन्द्रीय सदस्य संशोधनको विपक्षमा

वि.सं.२०७३ मंसिर १६ बिहीवार

708 

shares
GLOBAL IME AD
NTC AD

१६ मङ्सिर,काठमाडौँ। सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएका कार्यक्रममा ऐक्यबद्धता जनाउनुभएको छ ।

केन्द्रीय सदस्य आरसी न्यौपानेले संशोधनमार्पmत विवादित मुद्दा सच्याउँदै शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्न संशोधन प्रस्ताव सकारात्मक प्रयास भएपनि हिमाल, पहाड, तराईका राष्ट्रिय जीवनको अन्तर्निर्भरता र शक्तिलाई प्रतिकूल प्रभाव गर्ने गरी, शाश्वत सत्यलाई नै अस्तित्वहीन बनाउने सोच गलत भएको जनाउनुभएको छ ।

साहित्यकारसमेत रहनुभएका गुल्मी निवासी न्यौपानेले विज्ञप्ति जारी गरी प्रादेशिक सीमाङ्कन संशोधनको सम्बन्धमा जनस्तरबाट राष्ट्रिय हितमा उठेका आवाजलाई ऐक्यबद्धता जनाउँदै जारी विरोध कार्यक्रममा सहभागिताको लागि आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “लुम्बिनीमा तराई र पहाडलाई एउटै राष्ट्रिय मूलप्रवाह तथा एउटै प्रदेशमा राख्ने जुन सचेत अभियान तथा आन्दोलन चलिरहेको छ, त्यसमा हाम्रो ऐक्यबद्धतासहित सहभागिता छ ।” रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०५:४० मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...