back
CTIZAN AD

सुर्के थैली खोइ, म्याडम, सुर्के थैली खोइ

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.2K 

shares

“लैबरी लैबरी लई–पटुकीमा सिउरेको सुर्केथैली खोइ ?” हामी नेपालीका ओठ ओठमा चल्ने गीत हो यो । तर कर्केनजरले गीतको यो टुक्का कुन प्रसङ्गमा मिसाउन खोज्यो त्यो भने बेग्लै छ, पाठकबृन्द ।

प्रसङ्ग कहाँनेर छ भने, हाम्रा विदेश वा परराष्ट्र मामिला मन्तरी डाउटर प्रकाशसरण महतको विशिष्ठ भेटघाटको हो । यो भेटघाट सिंहदरबार ग्यालरीको पनि होइन र पशुपतिनाथको परिसर भित्रको पनि होइन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी मन्तरीका रुपमा रहेका डाउटर महतले आफ्ना समकक्षी सुष्मा स्वराजलाई उपहार दिने क्रममा सुर्के थैलीको प्रसङ्ग निस्किएको चाहि पक्का हो । भलै अघिल्ला दिन दिल्लीबाट फर्केको जहाजले झण्डै बित्यास पारेको घटना र अत्तालिएको मनका बाबजुद् उनले आफ्ना समकक्षीलाई सुर्के थैली किन्न भ्याएकै मान्नुपर्छ पाठकबृन्द ।

तर दिने बेलामा पूर्वतयारीको कमिले हो की “खोइ ल्याउ त ?” भैहाल्यो । अनि दिएपछि थैली खोलिदिएको र पछि लाइदिएको दृश्य समेत पनि लुक्न सकेन । उता सीता म्याडमको शिष्टता समेत टिप्पणीमा परेको बेला बिचरा महतको सुर्के थैलीले पनि ठाउँ पाएकै मान्नुपर्छ होइन र पाठकबृन्द !

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५३ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...