back
CTIZAN AD

के सुझाव दिए प्रधानमन्त्रीले मिस नेपाल अनुष्कालाई

वि.सं.२०७६ कात्तिक २४ आइतवार

711 

shares

२४ कार्तिक, काठमाडौँ । यो वर्षकी मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान भेट गरेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा भाग लिन बेलायत जानुभन्दा एक साताअघि उनले प्रधानमन्त्रीलाई भेटेकी हुन् ।

सो भेटमा प्रधानमन्त्री ओलीले मिस नेपाल अनुष्कालाई नेपालीले आत्मबल र आत्मविश्वासका साथ अगाडि बढेको खण्डमा संसारका कुनै पनि ठाउँमा गएर प्रतिस्पर्धामा जित्न सक्ने सल्लाह दिए । मिस वल्र्डमा पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्न प्रधानमन्त्री ओलीले अनुष्कालाई सल्लाह दिए ।

एक घण्टाको भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्दै गर्दा आफूलाई कति पनि कमजोर नठान्न मिस नेपाललाई आग्रह गरे, ‘नेपालीहरु संसारका अन्य देशभन्दा कुनै पनि हिसावले कमजोर छैनौं, तर, उच्च मनोबल र आत्मविश्वासका साथ अगाडि बढेमा भने नेपालीहरु सधैं सफल्ताको शिखरमा पुगिनेछ,’ प्रधानमन्त्री ओलीले अनुष्कालाई हौसला दिँदै भने ।

राजधानीसँग कुरा गर्दै मिस नेपाल अनुष्काले प्रधानमन्त्रीसँगको भेट अत्यन्तै उपलब्धिमूलक रहेको बताउँदै प्रधानमन्त्रीलाई भेट्दा नेपाली हुनुमा गौरव महसुस भएको अनुभव सुनाइन् । प्रधानमन्त्रीले युवावर्गसँग ठूलो आशा र विश्वास राख्नुभएको रहेछ, भेटमा आत्मविश्वासलाई कहिल्यै नहार्न र सकारात्मक सोचको विकास गर्न सल्लाह दिएको अनुष्काले बताइन् ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार ०९:११ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...