back
CTIZAN AD

नेटो प्रमुखसँग अर्को साता ह्वाइट हाउसमा छलफल

वि.सं.२०७६ कात्तिक २४ आइतवार

1.6K 

shares

२४ कात्तिक , वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्ने भएको छ ।

ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ ।

साथै, गठबन्धन मुलुकहरुको प्रतिरक्षा र आतंकवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीहरु विरुद्ध लड्न साझा रणनीति बनाउन अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पनि छलफल हुने ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्प नेटो प्रमुखहरुको आगामी डिसेम्बरको शुरुमा हुने सम्मेलनमा सहभागी हुन लन्डनको भ्रमण गर्नु हुनेछ । राष्ट्रपति ट्रम्पका कारण गठबन्धनका मुलुकबीचको एकताकै विषयमा प्रश्न उब्जिरहेको अवस्थामा नेटो स्थापनाको ७०औं वार्षिकोत्सव लन्डनमा मनाउन लागिएको छ ।

ट्रम्प प्रशासनले नेटोमा अमेरिकी लगानी अत्यधिक रहेको र यो बोझ अमेरिकाले मात्र उठाउन नसक्ने बताउँदै गठबन्धन मुलुकले प्रतिरक्षा खर्चमा योगदान बढाउन दबाब दिइरहेको छ । यसबाहेक, अमेरिकासँग केही जल्दाबल्दा विषयमा पनि मतान्तर छ । खासगरी इरानी आणविक मुद्दा, उत्तरी सिरियामा टर्कीले गरेको सैन्य हस्तक्षेप तथा उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयमा नेटो गठबन्धनमा विवाद छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले हालै मात्र रणनीतिक सहयोगको कमी र संयुक्तराज्य अमेरिकाको नेतृत्वबाट भएको कमजोरीका कारण नेटो गठबन्धनमा ठूलो संकट आएको बताएका थिए ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १३:४१ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...