back
CTIZAN AD

लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता

वि.सं.२०७६ कात्तिक २४ आइतवार

852 

shares

२४ कात्तिक, त्रिपोली ।  लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ ।

विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोग समेत देखिएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवास संगठनले हालैमात्र लिबियामा ६ लाख ५० हजार अवैध आप्रवासी रहेका र तीमध्ये करिब ६०० जनालाई थुनामा राखिएको जनाएको छ । थुनामा राखिएकामा महिला र बालबालिका पनि छन् ।

युरोप प्रवेश गर्न चाहने हजारौं आप्रवासी लिबियाको मार्ग प्रयोग गर्दछन् । यी अवैध आप्रवासीमध्ये अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु रहने गरेका छन् । तर लिबियामा जारी असुरक्षा र अव्यवस्थाका कारण आप्रवासीमाथि आक्रमण पनि हुने गरेको छ ।

अवैध आप्रवासीलाई राख्न बनाइएका अस्थायी शिविर पनि खचाखच भरिएका छन् । सन् २०११ मा लिबियाका नेता महमर गद्दाफीको शासन पतन भएपछि लिबियामा सुरक्षा व्यवस्था नाजूक छ ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १३:५८ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...