back

१९ दिनदेखि अनशनरत प्रा डा केसीको स्वास्थ्य गम्भीर

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

591 

shares
GLOBAL IME AD
NTC AD

dr-govinda-kc

१७ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाबारे सरकारसँग कुरा नमिलेपछि अनशन लम्बिँदा उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको हो । प्रा डा केसीका तर्फबाट वार्ता टोली सदस्य डा लिजन महर्जनले उहाँको अवस्था बिगँ्रदै जाँदा मुटुमा असर पर्ने सम्भावना बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँलाई बोल्न समस्या भएको, छाती, घाँटी दुख्ने समस्या बढेको, रगतमा डब्लुबिसी र अक्सिजनको मात्रा कम भएकाले अक्सिजन दिइरहेका छौँ । कुनै पनि बेला उहाँको मुटुको चाल तलमाथि हुन सक्छ ।”

सरकारसँग चार पटकसम्म वार्तामा बस्दा पनि कुनै ठोस निर्णय नआएपछि प्रा डा केसी पक्षले उपकुलपति र डिनको राजीनामापछि मात्र वार्तामा बस्ने अडान लिएको छ । उहाँले भन्नुभयो, “हामीले सरकारी पक्षलाई ठोस निर्णयपछि मात्र हामीलाई वार्ता बोलाउन भनेका छौँ, अहिलेसम्म कुनै खबर आएको छैन ।”

सरकारी चिकित्सक सङ्घ नेपाल, नेपाल चिकित्सक सङ्घ, आवासीय चिकित्सक, रेजिडेन्ट चिकित्सकले सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द गरी अनशनको समर्थन गर्दै प्रा डा केसीको जीवन रक्षाको माग गरेका छन् ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:१२ मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...