back
CTIZAN AD

१९ दिनदेखि अनशनरत प्रा डा केसीको स्वास्थ्य गम्भीर

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1K 

shares

dr-govinda-kc

१७ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाबारे सरकारसँग कुरा नमिलेपछि अनशन लम्बिँदा उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको हो । प्रा डा केसीका तर्फबाट वार्ता टोली सदस्य डा लिजन महर्जनले उहाँको अवस्था बिगँ्रदै जाँदा मुटुमा असर पर्ने सम्भावना बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँलाई बोल्न समस्या भएको, छाती, घाँटी दुख्ने समस्या बढेको, रगतमा डब्लुबिसी र अक्सिजनको मात्रा कम भएकाले अक्सिजन दिइरहेका छौँ । कुनै पनि बेला उहाँको मुटुको चाल तलमाथि हुन सक्छ ।”

सरकारसँग चार पटकसम्म वार्तामा बस्दा पनि कुनै ठोस निर्णय नआएपछि प्रा डा केसी पक्षले उपकुलपति र डिनको राजीनामापछि मात्र वार्तामा बस्ने अडान लिएको छ । उहाँले भन्नुभयो, “हामीले सरकारी पक्षलाई ठोस निर्णयपछि मात्र हामीलाई वार्ता बोलाउन भनेका छौँ, अहिलेसम्म कुनै खबर आएको छैन ।”

सरकारी चिकित्सक सङ्घ नेपाल, नेपाल चिकित्सक सङ्घ, आवासीय चिकित्सक, रेजिडेन्ट चिकित्सकले सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द गरी अनशनको समर्थन गर्दै प्रा डा केसीको जीवन रक्षाको माग गरेका छन् ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:१२ मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...