back
CTIZAN AD

कार्कीविरुद्धको मुद्दाको सुनुवाइ पुस ७ मा

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.2K 

shares

१७ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेसी आगामी पुस ७ गतेका लागि सारेको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरीप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगन नगर्ने गरी पेसी सार्ने आदेश दिएको हो । कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाई विहिबारको पेसी स्थगन गर्न अनुरोध गर्नुभएको थियो । आदेशमा भनिएको छ, “पूर्ण इजलासबाट सुनुवाइ हुने विवादको सन्दर्भमा सामान्यतयाः पेशी स्थगन गर्नु मनासिब नहुने भएको हुँदा अबउप्रान्त विवादका सन्दर्भमा निवेदन वा विपक्षी कुनै पनि पक्षको अनुरोधका पेसी स्थगित नगरिने ।”

त्यस्तै संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद देखिँदा यसलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न उचित नहुने र सो विषयका सम्पूर्ण निवेदन साथै राखी हेरिने आदेशमा उल्लेख छ । कार्कीले अदालतमा अपराह्न करिब ३ः४५ बजे आएर आफैँले तोकिएको पेसी बुझ्नुभएको थियो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:०९ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...