back
CTIZAN AD

ग्रान्डी र बिएन्डबी अस्पतालविरुद्ध मुद्दा

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1K 

shares

१७ मंसिर, काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरवाहीविरुद्ध पीडितले दुई अस्पतालविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् ।

पीडितले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, काठमाडौँ र बिएन्डबी अस्पताल, ग्वार्काे, ललितपुरविरुद्ध विहिबार मुद्दा दायर गरेका हुन् ।

विहिबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष ज्योति बानियाँले ग्रान्डीका चिकित्सकको लापरबाहीबाट एक महिनाअघि निधन भएका सुदीप विष्ट र बिएन्डबीमा दुई वर्षअघि चिकित्सकको हेलचक्र्याइँले थला पर्नुभएकी इन्द्रकुमारी राईको परिवारले मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

मञ्चका महासचिव बाबुराम हुमागार्इँले निजी अस्पतालले पैसा कमाउने नाममा उपभोक्तालाई ठग्ने गरेको आरोप लगाउँदै विष्टको परिवारले रु १० करोड र राईको परिवारले रु एक करोड क्षतिपूर्ति माग गर्दै जिप्रका काठमाडौँ र ललितपुरमा मुद्दा दायर गरेका हुन् । मञ्चले हालसम्म लापरबाही र ठगी मुद्दामा एक सय २० भन्दा बढी मुद्दा दायर गरिसकेको छ ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:१४ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...