back

एमालेद्धारा संशोधन प्रस्ताव फिर्ता लिने आग्रह

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

636 

shares
GLOBAL IME AD
NTC AD

१७ मंसिर, काठमाडौँ । नेकपा(एमाले)ले सरकारले संसद्–सचिवालयमा मङ्गलबार दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यता र महासचिव ईश्वर पोखरेलको आतिथ्यतामा विहिबार बसेको केन्द्रीय सचिवालय बैठकले संविधानकोे उल्लङ्घन, अदालतको अपहेलना र जनतालाई विभाजन गर्ने गरी विधेयक प्रस्तुत भएको आरोप लगाउँदै तत्काल विधेयक फिर्ता लिन माग गरेको हो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईका अनुसार बैठकले लोकतान्त्रिक परिपाटीमा शान्तिपूर्ण आन्दोलनको नैतिक बल नै निर्णायक हुने भएकाले विधेयकविरुद्ध आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन, निजी तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तथा जातीय, साम्प्रदायिक एवं भौगोलिक एकता र सद्भावलाई उच्च प्राथमिकता दिन सम्पूर्ण आन्दोलनकारीसँग आग्रह गरेको छ ।

बैठकमा पार्टी स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय दलका गतिविधि, विभिन्न दलसँगको वार्तालगायत विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:१६ मा प्रकाशित

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त...

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका...

आजदेखि एसइई सुरु

आजदेखि एसइई सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।...

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...