back
CTIZAN AD

सम्पदास्थल संरक्षण गर्न नाबेल पुरस्कार विजेताको आग्रह

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.1K 

shares

१७ मंसिर, अबुधाबी । कट्टरपन्थी समूह तथा द्वन्द्वका कारण सम्पदास्थल नष्ट हुन नदिन तत्कालै अन्तर्राष्ट्रिय कारबाहीका लागि पाँच नोबेल पुरस्कार विजेताले बिहीबार आग्रह गर्नुभएको छ ।

अबु धाबीमा एक अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा यी व्यक्तित्वले उक्त आग्रह गर्नुभएको हो । उहाँहरूले इराक, सिरिया, अफगानिस्तान तथा मालीका प्राचीन स्मारक स्थलमा पूर्ति हुनैनसक्ने क्षति भएको उल्लेख गर्नुभएको छ ।

उहाँहरूले कट्टरपनाको लक्ष्यका लागि भविष्यप्रति जनताको आसा कमजोर बनाउँदै इतिहासका केही भाग सधैँका लागि गुमेको बताउनुभएको छ ।

उहाँहरूले क्रोधका शक्तिविहीन अभिव्यक्तिको समय सकिएकाले यस विषयमा कारबाही हुनैपर्ने माग गर्नुभएको छ ।

उक्त आग्रहमा म्यानमारका नेता आङ सान सु की, लाइबेरियाका राष्ट्रपति हेलेन जोनसन सर्लिफ तथा संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले हस्ताक्षर गर्नुभएको छ ।

उहाँहरूका साथमा साहित्यका लागि नोबेल पुरस्कार विजेता टर्कीका ओरन पामुख तथा पेरुका म्यारियो भर्गस लोसा पनि रहनुभएको छ ।

उहाँहरूले इस्लामिक स्टेट समूहले दुई वर्षको अवधिमा सिरियाको प्राचीन पालमिरा नगरका मन्दिर तथा कब्रस्थान तथा इराकको मोसुल सङ्ग्रहालयका मूल्यवान सङ्कलन नष्ट गरेको उल्लेख गर्नुभएको छ ।

उहाँहरूले सन् २००१ मा तालिवानले अफगानिस्तानको बामियानमा रहेको बुद्धको प्राचीन मूर्ति नष्ट गरेको तथा सन् २०१२ तथा १३ मा मालीको अन्सर अल–डाइन लडाकूले टिम्बुक्टुमा समाधिस्थल तथा हस्तलिपि नष्ट गरेको उल्लेख गर्नुभएको छ ।

फ्रान्स तथा संयुक्त अरब इमिरेट्सको प्रायोजनमा शुक्रबार आरम्भ हुने दुईदिने सम्मेलनमा जोखिममा परेका स्मारक तथा मानवनिर्मित स्मारकको संरक्षण र पुनःस्थापनाका लागि १० करोड अमेरिकी डलरको एक कोष स्थापना गर्ने लक्ष्य राखिएको छ । एएफपी

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:२८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...