back

इलामका पर्यटकीयस्थलको वृत्तचित्र निर्माण

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

723 

shares
GLOBAL IME AD
NTC AD

१७ मङ्सिर,इलाम। इलामका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भएपनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन नसकेको ठहर गर्दै समितिले वृत्तचित्रमार्फत प्रचारप्रसार थालेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो ।

इलाम र झापाको सीमावर्ती क्षेत्र जोरकलशदेखि समुद्र सतहदेखि तीनहजार छसय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरसम्मका पर्यटकीयस्थलको वृत्तचित्र बनाइएको समितिले जनाएको छ । सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीयस्थलको वृत्तचित्र गङ्गादीप फिल्म प्रालिले बनाएको हो ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पर्यटकीयस्थलको वृत्तचित्र निर्माणका लागि प्रालिलाई रु तीनलाख खर्च लागेको द्यौरालीले बताउनुभयो । “पहिलोपटक इलामका पर्यटकीयस्थलको डकुमेन्ट्री बनाएका हौँ, आगामी दिनमा पाँचथर र ताप्लेजुङको समेत निर्माण गर्ने योजना छ”, निर्देशक द्यौरालीले भन्नुभयो । वृत्तचित्रले पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउनेमा समिति विश्वस्त रहेको छ ।

वृत्तचित्रलाई नेपाल टेलिभिजनबाट समेत प्रसारण गर्ने र कोल्बुङमा रहेको पर्यटन सूचना केन्द्रमा राखेर इलाम भित्रने पर्यटकलाई पर्यटकीयस्थलका बारेमा जानकारी गराइने द्यौरालीको भनाइ छ । वृत्तचित्रमा विभिन्न जातजातिको वेशभूषा, संस्कृति र जातजातिको झाँकीसमेत समावेश गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०४:३९ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

झेँदी पुल निर्माण सम्पन्न

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने...