back
CTIZAN AD

इलामका पर्यटकीयस्थलको वृत्तचित्र निर्माण

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.1K 

shares

१७ मङ्सिर,इलाम। इलामका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भएपनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन नसकेको ठहर गर्दै समितिले वृत्तचित्रमार्फत प्रचारप्रसार थालेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो ।

इलाम र झापाको सीमावर्ती क्षेत्र जोरकलशदेखि समुद्र सतहदेखि तीनहजार छसय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरसम्मका पर्यटकीयस्थलको वृत्तचित्र बनाइएको समितिले जनाएको छ । सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीयस्थलको वृत्तचित्र गङ्गादीप फिल्म प्रालिले बनाएको हो ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पर्यटकीयस्थलको वृत्तचित्र निर्माणका लागि प्रालिलाई रु तीनलाख खर्च लागेको द्यौरालीले बताउनुभयो । “पहिलोपटक इलामका पर्यटकीयस्थलको डकुमेन्ट्री बनाएका हौँ, आगामी दिनमा पाँचथर र ताप्लेजुङको समेत निर्माण गर्ने योजना छ”, निर्देशक द्यौरालीले भन्नुभयो । वृत्तचित्रले पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउनेमा समिति विश्वस्त रहेको छ ।

वृत्तचित्रलाई नेपाल टेलिभिजनबाट समेत प्रसारण गर्ने र कोल्बुङमा रहेको पर्यटन सूचना केन्द्रमा राखेर इलाम भित्रने पर्यटकलाई पर्यटकीयस्थलका बारेमा जानकारी गराइने द्यौरालीको भनाइ छ । वृत्तचित्रमा विभिन्न जातजातिको वेशभूषा, संस्कृति र जातजातिको झाँकीसमेत समावेश गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०४:३९ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...