back
CTIZAN AD

व्यायामले निरोगी मात्र होइन विश्व कीर्तिमानी पनि बनायो

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

894 

shares

१७ मङ्सिर,पाल्पा । रक्तचाप र मधुमेहका रोगीले नियमित औषधि सेवन गर्दछन् । तर पाल्पा रामपुर नगरपालिका–५, दर्छाका ६० वर्षीय रामचन्द्र खनालले भने औषधि सेवन गर्न छाडेर नियमितरुपमा सिटअप व्यायाम गरेर निरोगी बन्दै अहिले विश्व कीर्तिमान नै जित्नुभएको छ ।

अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान ६० मिनेटमा दुई हजार ६ सय एक पटकलाई तोडेर खनालले ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सो व्यायाम गरी विश्व रेकर्ड राख्न सफल भएको खनाल बताउनुहुन्छ ।

खनाललाई डाक्टरले दिएको रक्तचाप र सुगरको औषधि नियमित खानुपर्ने सल्लाह लिएर घरमा आउनुभयो । औषधि खानभन्दा व्यायामतर्फ नै दैनिक सक्रिय भएसँगै रोगी होइन कुशल खेलाडीका नामले अहिले चिनिन थाल्नुभएको छ । नेपाल सरकारको सेवानिवृत्त भएसँगै उच्च रक्तचाप र सुगर देखिएपछि उहाँ समस्यामा पर्नुभएको हो । नियमित औषधि खानुपर्ने बाध्यताले उहाँलाई जागिरे जीवनपछिका दिन झनै कष्टकर हुने चिन्ता व्यायामले हटाएको हो ।

“व्यायामपछि जीवन जिउने शैली फरक भयो, डाक्टरले दिएको डोकाभरि औषधि खानुभन्दा व्यायाम राम्रो लाग्यो,” खनालले भन्नुभयो । विसं २०७० मा नेपाली सेनामा दुई महिना आवासीय तालिममा सहभागी हुन पाउने खनाल सैनिक बाहेकका पहिला व्यक्ति हुन् । २०६६ मा कृषि विकास बैंकको अधिकृतबाट निवृत्त हुनुभएका खनाल २०७० सालमा पहिलोपटक काठमाडौँको दशरथ रङ्गशालामा खेल प्रदर्शन गर्ने अवसर पाएको बताउनुहुन्छ । पछिल्लो पटक ०७३ साल असारमा काठमाडौँमा भएको प्रदर्शनमा दशवटा बिभिन्न रेकर्ड बनाउन सफल भएको खनालले बताउनुभयो ।

एक मिनेटमा ५८, दुईमा मिनेटमा एक सय १५, पाँच मिनेटमा दुई सय ७८, १० मिनेटमा पाँच सय ३५, १५ मिनेटमा सातसय ७०, २० मिनेटमा एक हजार, ३० मिनेटमा एक हजार चारसय ३६ र ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सिटअप व्यायाम गरेपछि उहाँले नेपालको नाम विश्वभरि फैलाउन सफल हुनुभएको हो ।

स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले खनालको विश्व कीर्तिमानीले खेल क्षेत्रमा पाल्पा विश्वसामु परिचित हुने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले सबै रेकर्डको गिनिज बुक अफ रेकर्ड्सका लागि पहल भएको र यसका लागि आवश्यक सहयोग र सिफारिस गरेको बताउनुभयो ।

नेपालमा सिटअप व्यायाममा दशवटा रेकर्ड कायम गर्दै विश्व कीर्तिमान राख्न सफल भएको भन्दै जिल्ला खेलकुद विकास समिति, पाल्पाले खनाललाई सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाका टोपीले सम्मान गरेको सदस्य दयाराज न्यौपानेले बताउनुभयो । सम्मान गर्ने कार्यक्रममा उहाँले सिटअप व्यायाम पनि प्रदर्शन गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०४:४० मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...