back
CTIZAN AD

हाँडीखोला पुल निर्माणले गति लिन नसक्दा असुविधा

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.1K 

shares

१७ मङ्सिर,मेलम्ची। सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको हाँडीखोला पुल निर्माण कार्यले हालसम्म गति लिन सकेको छैन ।

पुल निर्माणका लागि केन्द्रीय बजेट योजनाअनुसार रु चार करोडको बजेट विनियोजन भए पनि अहिलेसम्म पुल निर्माण नभएकाले निकै कष्ट खेप्नु परेको स्थानीयवासीले गुनासो व्यक्त गरेका छन् । जिल्लाको कर्थली, घोर्थली गाविसबाट बग्ने हाँडीखोलाको पुल चारवर्ष बितिसक्दासमेत निर्माण सुरु भएको छैन । चार वर्षअघि हाँडीखोलामा पक्की पुल निर्माण गर्नका लागि बजेट विनियोजन भएको थियो ।

हाँडीखोलाबाट सिन्धुपाल्चोक हुँदै दोलखाका विभिन्न गाविसमा आवतजावत गर्न सकिने स्थानीयवासीले बताएका छन् । दोलखासँग सीमा जोडिएको कर्थली र घोर्थली गाविसका स्थानीयवासीले पुल नबन्दा हिमालपारिको अवस्थाझै सास्ती भोग्नु परेको छ । कर्थली गाविस–३ र घोर्थली–५ का स्थानीयवासीले अझैसम्म यातायात सेवा अपनाउन पाएका छैनन् । घोर्थली गाविसका कामी शेर्पा भन्नुहुन्छ, “यो गाविस जिल्लाको उत्तरी भेगको उच्च हिमाली ठाउँमा पर्छ तर स्थानीयवासीले बजार जाँदा आउँदा पैदल यात्रा नै गर्नुपर्ने बाध्यता रहेको छ ।”

हाँडीखोलामा पुल बन्ने भनेको चार वर्ष बित्यो तर अहिलेसम्म कुनै काम सुरु नभएको स्थानीयवासी रेशम तामाङले बताउनुभयो । क्षेत्रको मुख्य बजारका रुपमा रहेको बाह्रबिसे बजार जानसमेत निकै कठिन पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले दुखेसो व्यक्त गरेका छन् ।
हिमाली गाविसका रुपमा परिचित भएपनि उत्पादनमा स्थानीयवासीले मिहेनत गरेका छन् । तर पुल अभावमा बजार लैजान यातायातको पहँुच नहुँदा कठिन हुने गरेको स्थानीय कृषक बताउँछन् ।

कृषकहरु भन्छन्, “पुल नबन्दा स्थानीयवासीको जनजीवनमा समेत परिवर्तन हुन नसक्नुको साथसाथै जिल्लाको अन्य गाविसमा मोटरबाटो पुल पुगिसकेको भएपनि हामीले भने अझैसम्म सास्ती भोगेका छौँ ।” पक्की पुल निर्माणका लागि स्थानीयवासीले पटकपटक माग गर्दै आएको र स्थानीयवासीको आवाजको मूल्याङ्कन गर्दै पुल निर्माणका लागि बजेट विनियोजन भएको चार वर्ष बित्दासमेत निर्माण सुरु नभएको स्थानीयवासीले बताएका छन् ।

हेर्दा नजिक देखिने भएपनि यात्रा गर्दा घुमाउरो बाटो भएकाले बजारसम्म पुग्न निकै समय लाग्ने गरेको स्थानीयवासी जित तामाङले बताउनुभयो । तामाङले हामीले बाटोमा पुल निर्माण गर्नका लागि पटकपटक उठाएको आवाजले आस भएको थियो । सडकदेखि अन्य विकासका योजना यस क्षेत्रमा कमै मात्र हुन्छ । केन्द्रबाट सो खोलामा पुल निर्माणका लागि बजेट विनियोजन भएको चारवर्ष बितिसक्दा पनि जिविसले निर्माण कार्यमा चासो नदिएको स्थानीयवासी रेशम तामाङले बताउनुभयो ।

बाह्रविसे बजार ती गाविसको प्रमुख बजार हो, स्थानीयवासीले घरघरायसी सामान गाडीमा लैजानका लागि पुल नबन्दा निकै समस्या भएको छ । पुल निर्माण कार्य अगाडि नबढ्नुमा सम्बन्धित निकायले चासो नदिएको तामाङले जानकारी दिनुभयो ।

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले यो योजना चार वर्ष देखिको हो तर निर्माण नहुँदा स्थानीयवासीलाई असुविधा मात्रै होइन विकास कार्यसमेत पछि परेको बताउनुभयो । रु चार करोड रकममध्ये अहिले ७० लाख रकम आएको छ टेन्डरको प्रक्रियासमेत भइसकेकाले निर्माण कार्य छिट्टै सुरु गरिने पनि शाहीले उल्लेख गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०४:४५ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...