back
CTIZAN AD

यसवर्षको भारती खरेल पुरस्कार नई जोडीलाई

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.1K 

shares

nai

१७ मंसिर, काठमाण्डौं । यस वर्षको भारती खरेल पुरस्कार नई जोडीलाई दिइएको छ । विहिबार राजधानीमा खरेलको ७९ औं जन्म जयन्तीको अवसरमा साहित्यकार द्धय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंलाई सो पुरस्कार दिइएको हो ।
समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी तथा भारती खरेल प्रतिष्ठानका संरक्षक चन्द्रिकानन्द खरेलले २०७३ सालको साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कार द्धय प्रसाईलाई संयुक्त रुपमा प्रदान गरे । । ताम्रपत्र सहित सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।
नेपाली भाषा साहित्यको विकास, विस्तार र सम्वद्र्धन अतिरिक्त साहित्य सिर्जना, समीक्षा र सम्पादनका साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको स्थापना र यसका माध्यमबाट देश, विदेशमा नेपाली भाषा साहित्यको प्रचार, प्रसार र स्तरोन्नतिमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानार्थ प्रसाई दम्पतिलाई भारती खरेल पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
भारती खरेल स्मृति प्रतिष्ठानका उपाध्यक्ष शैलेन्द्र साकारको अध्यक्षतामा सम्पन्न समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पुरस्कृत व्यक्तित्वमध्ये इन्दिरा प्रसाई, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.सनतकुमार वस्ती र सदस्यसचिव प्रयागराज वाशिष्ठले मन्तव्य प्रकट गर्नुभएको थियो ।
साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कारबाट यसअघि डायमनशमशेर राणा, पं.ज्योतिप्रसाद गौतम, केशवराज पिंडाली, गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.केशवप्रसाद उपाध्याय, प्रा.जगन्नाथ त्रिपाठी, कृष्णप्रसाद पराजुली, प्रा.शिवगोपाल रिसाल र परशु प्रधान पुरस्कृत भइसकेका छन् । पूर्वप्रशासक चन्द्रिकानन्द खरेलको संरक्षकत्वमा लोकप्रिय गायक दीपक खरेल र समाजसेवी शीला खरेलबाट २०४९ सालमा भारती खरेल प्रतिष्ठानको स्थापना भएको थियो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०४:५५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...