back
CTIZAN AD

एसियाली विकास बैंक (एडिबी) द्धारा तेह्र अर्ब बढीको ऋण सहयोग

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.2K 

shares

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न रु पाँच करोड ४४ लाख प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ ।

विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताअनुरुप आधारभूत गुणस्तरीय शिक्षा, माध्यमिक शिक्षा सुधार, दैवी विपत्तिका बेला पनि प्रभावित नहुने विद्यालय भवन निर्माण एवम् जोखिम घटाउने परियोजनाहरुमा उक्त ऋण उपयोग गरिने छ ।

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा यहाँस्थित उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामा र उक्त मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभयो ।

उक्त अवसरमा सचिव सुवेदीले वैदेशिक सहायतामा मुलुकमा धेरै विकास निर्माणका परियोजना सञ्चालन भए पनि दु्रत कार्यान्वयनमा कमजोरी देखिएकाले त्यसलाई निर्मूल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त योजना कार्यान्वयन गर्ने शिक्षा मन्त्रालय र मातहतका निकायलाई गम्भीर भएर परिणाम दिनेगरी परियोजना समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

निर्देशक योकोयामाले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत शैक्षिक क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गरे पनि गुणस्तरीय शिक्षा अझै चुनौतीका रुपमा रहेकाले त्यसको सामना गर्न ऋण सहयोग उपलब्ध गराइएको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०८:०४ मा प्रकाशित

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...