back
CTIZAN AD

गोदावरीमा राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता हुँदै

वि.सं.२०७६ मंसिर ३ मंगलवार

771 

shares

३ मङ्सिर, ललितपुर । नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीको आयोजनामा गोदावरी नगरपालिका–९ छम्पीमा ‘राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता–२०७६’ हुने भएको छ ।

आउँदो पुस ४ र ५ गते छम्पी खेल मैदानमा राष्ट्रव्यापी प्रतियोगिता हुने नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नाराका साथ हुन लागेको यस प्रतियोगिताले सामाजिक र भौतिक विकासको साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनेछ, शेर्पाले ।

प्रतियोगितामा १० जिल्लाका २५ केजी तौलमाथिका २५० खेलाडीले भाग लिने बताइएको छ । प्रतियोगिताका लागि करीब रु १२ लाख ५० हजार रकम लाग्ने अनुमान आयोजकले गरेका छन् । यस प्रतियोगितामा नेपाललगायत भारत, श्रीलङ्का, दक्षिण अफ्रिका, पाकिस्तान, ट्युनिसिया, कङ्गोलगात मुलुकका कराते खेलप्रमी नेपाल आउने छम्पी शाखा डोजोका संयोजक विदुर कार्कीले जानकारी दिए ।

गत असोज ११ र १२ गते पहिलोपटक काभ्रेको मण्डनदेउपुर नगरपालिकाको एक विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भइसकेको नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका केन्द्रीय सचिव विक्रम महर्जनले बताए । नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाईले विसं २०७६ मा औपचारिक रुपले राष्ट्रिय खेलकूद परिषद्को मान्यतामा पाएपछि ललितपुर जिल्ला खेलकूद विकास समितिमा दर्ता भई हाल विभिन्न १० जिल्लामा सञ्चालित छ ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार १२:२७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...