back
CTIZAN AD

संविधानले प्रदेशलाई राज्यसरह अधिकार दिएको छ – गौतम

वि.सं.२०७३ मंसिर १८ शनिवार

927 

shares

१८ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालको संविधानले प्रदेशलाई राज्यसरह अधिकार दिएको बताउनुभएको छ ।

अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालको संवैधानिक कानुन’ र अधिवक्ता विजया गौतमद्वारा लिखित ‘नेपालका संविधान असफलताका कारण ः दोष कसको ?’ नामक पुस्तक विमोचन गर्न यहाँ शुक्रबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गौतमले भन्नुभयो, “सम्पूर्ण जाति, भाषाभाषी, क्षेत्र, वर्गको भावनालाई समेटेर नेपालको संविधान जारी भएको छ, त्यति मात्र हैन, सबै प्रदेशलाई राज्यसरह अधिकार दिइएको छ ।”

नेपालको संविधान सङ्घीयताको आधार लिएर आएको हुँदा द्वन्द्व बोकेर आएको स्वीकार गर्दै उहाँले नेपाल धेरै पहिलादेखि नै सङ्घीयताकै ढाँचामा अघि बढिरहेको पनि बताउनुभयो । उपाध्यक्ष गौतमले विश्वमा आएका जति संविधान सबै संशोधनीय छन् भन्दै नेपालमा पनि राजनीतिक परिवर्तनसँगै संविधान परिवर्तन हुँदै साताँै संविधानका रुपमा आएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, विश्वकान्त मैनाली र शम्भु थापा, प्रा डा सूर्य ढुङ्गेल र सहप्राध्यापक गणेशदत्त भट्टले संविधानको विरोध गर्नुभन्दा पनि कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक डा ज्ञवालीले संविधानवादको आँखाबाट संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पुस्तकले पछिल्लो संविधानको विशेषतासहित विश्लेषणसमेत समेटेको जिकिर गर्नुभयो । डा ज्ञवालीका यसअघि ‘नेपालको संवैधानिक कानुन’सम्बन्धी दुई पुस्तक प्रकाशन भइसकेका छन् ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:०९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...