back

संविधानले प्रदेशलाई राज्यसरह अधिकार दिएको छ – गौतम

वि.सं.२०७३ मंसिर १८ शनिवार

528 

shares
IME Limited
NTC AD

१८ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालको संविधानले प्रदेशलाई राज्यसरह अधिकार दिएको बताउनुभएको छ ।

अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालको संवैधानिक कानुन’ र अधिवक्ता विजया गौतमद्वारा लिखित ‘नेपालका संविधान असफलताका कारण ः दोष कसको ?’ नामक पुस्तक विमोचन गर्न यहाँ शुक्रबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गौतमले भन्नुभयो, “सम्पूर्ण जाति, भाषाभाषी, क्षेत्र, वर्गको भावनालाई समेटेर नेपालको संविधान जारी भएको छ, त्यति मात्र हैन, सबै प्रदेशलाई राज्यसरह अधिकार दिइएको छ ।”

नेपालको संविधान सङ्घीयताको आधार लिएर आएको हुँदा द्वन्द्व बोकेर आएको स्वीकार गर्दै उहाँले नेपाल धेरै पहिलादेखि नै सङ्घीयताकै ढाँचामा अघि बढिरहेको पनि बताउनुभयो । उपाध्यक्ष गौतमले विश्वमा आएका जति संविधान सबै संशोधनीय छन् भन्दै नेपालमा पनि राजनीतिक परिवर्तनसँगै संविधान परिवर्तन हुँदै साताँै संविधानका रुपमा आएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, विश्वकान्त मैनाली र शम्भु थापा, प्रा डा सूर्य ढुङ्गेल र सहप्राध्यापक गणेशदत्त भट्टले संविधानको विरोध गर्नुभन्दा पनि कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक डा ज्ञवालीले संविधानवादको आँखाबाट संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पुस्तकले पछिल्लो संविधानको विशेषतासहित विश्लेषणसमेत समेटेको जिकिर गर्नुभयो । डा ज्ञवालीका यसअघि ‘नेपालको संवैधानिक कानुन’सम्बन्धी दुई पुस्तक प्रकाशन भइसकेका छन् ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:०९ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...