back
CTIZAN AD

वार्ता निष्कर्षविहीन,शनिबार पुनः बस्ने

वि.सं.२०७३ मंसिर १८ शनिवार

966 

shares

१८ मङ्सिर, काठमाडौँ । डा गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न शुक्रबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको छ ।

राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे पुनःवार्ता हुने गरी आजको वार्ता स्थगित भएको हो ।

वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको बताउनुभयो ।

“प्रक्रिया पु¥याएर डिनको नियुक्ति गर्न आज समयले पुगेन”उहाँले भन्नुभयो “त्यसका लागि त्रिविका पदाधिकारीसँगको छलफलमा जतिसक्दो चाँडो टुङ्गो लगाउन सहमत भइयो ।”

उहाँले भन्नुभयो, “त्रिवि स्वायत्त निकाय भएकाले उसको आफ्नै प्रक्रियाअनुसार डिनको नियुक्ति गर्नुपर्ने हुन्छ तर पनि राज्यसत्ता सरकारको नियन्त्रणमा हुने भएकाले त्यसलाई अगाडि बढाउन सरकारले सक्रियता लिएको हो, डिनको नियुक्ति सरकारले गर्ने होइन त्रिविले गर्ने हो ।”

निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीको वार्ता टोलीले तयार पारेको सहमतिको मस्यौदाका विषयमा डा केसीले त्रिविका उपकुलपतिको राजीनामालाई मुख्य शर्तका रुपमा उठाएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । उक्त मागका सन्दर्भमा वार्तामा छलफलै नभएको सचिव श्रेष्ठले बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठका अनुसार दुई वार्ता टोलीबीच १० बुँदे सहमतिपत्र तयार भएपनि हस्ताक्षर हुन बाँकी छ ।

सहमतिअनुसार केही दिनअघि नियुक्ति हुनुभएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहले राजीनामा दिइसक्नुभएकाले शनिबार नै डिन नियुक्त गर्नेलगायत विषयमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

वार्तामा सहभागी स्वास्थ्य मन्त्री गगन थापाले डिनको नियुक्तिको विषय स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भएकाले वार्तामा आफूले सहजकर्ताको भूमिका मात्र निर्वाह गरेको प्रतिक्रिया दिनुभयो ।

वार्तामा स्वास्थ्यमन्त्री थापा, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठलगायत त्रिवि उपकुलपति डा तीर्थ खनियाँ सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:०६ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...