back

प्रहरीको रोहबरमा बालविवाह गर्न लागिएका जोडीको उद्धार

वि.सं.२०७३ मंसिर १८ शनिवार

867 

shares
IME Limited
NTC AD

१८ मङ्सिर, महोत्तरी । यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको हो ।

उद्धार गरिएका जोडी अहिले इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा छ । घटनामा संलग्न अन्य व्यक्तिको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

बाल संरक्षण तथा प्रवद्र्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण समाज महोत्तरी र प्रहरी तथा पत्रकार सम्मिलित एक टोलीले लक्ष्मणका घरमा राखिँदै आएकी उक्त किशोरीलाई उद्धार गर्न सफल भएको हो ।

लक्ष्मणका १६ वर्षीय छोरा कृष्णसँग प्रेम सम्बन्ध रहेको जनाउँदै जबर्जस्ती विवाह गराइदिने उद्देश्यले स्थानीय पञ्च कहलाउनेहरूले आफ्नो निगरानीमा एक महिनादेखि उनको घरमा आरतीलाई राख्दै आएका थिए ।

त्यस गाउँका भद्रभलाद्मीले यसअघि पनि कम उमेरका युवाका अभिभावकसँग भोजभतेरका नाममा हजारौँ रकम जरिवाना तिराई बालविवाह गराउँदै आएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:२२ मा प्रकाशित

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...