back
CTIZAN AD

प्रहरीको रोहबरमा बालविवाह गर्न लागिएका जोडीको उद्धार

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.2K 

shares

१८ मङ्सिर, महोत्तरी । यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको हो ।

उद्धार गरिएका जोडी अहिले इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा छ । घटनामा संलग्न अन्य व्यक्तिको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

बाल संरक्षण तथा प्रवद्र्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण समाज महोत्तरी र प्रहरी तथा पत्रकार सम्मिलित एक टोलीले लक्ष्मणका घरमा राखिँदै आएकी उक्त किशोरीलाई उद्धार गर्न सफल भएको हो ।

लक्ष्मणका १६ वर्षीय छोरा कृष्णसँग प्रेम सम्बन्ध रहेको जनाउँदै जबर्जस्ती विवाह गराइदिने उद्देश्यले स्थानीय पञ्च कहलाउनेहरूले आफ्नो निगरानीमा एक महिनादेखि उनको घरमा आरतीलाई राख्दै आएका थिए ।

त्यस गाउँका भद्रभलाद्मीले यसअघि पनि कम उमेरका युवाका अभिभावकसँग भोजभतेरका नाममा हजारौँ रकम जरिवाना तिराई बालविवाह गराउँदै आएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:२२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...