back

रोल्पा मासुमा आत्मनिर्भर

वि.सं.२०७३ मंसिर १८ शनिवार

984 

shares

goat

१८ मङ्सिर, रोल्पा । रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ । कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिनुभयो ।

उत्पादित मासुमध्ये जिल्लामा खपत भई बढी भएको छिमेकी जिल्ला प्युठान, दाङ र राजधानीसम्म जाने गरेको बताइएको छ । खसी तथा राँगाको सुकुटी विदेशमा समेत पठाइने गरेको भए पनि कति परिमाणमा विदेश पठाइन्छ सोको आधिकारिक तथ्याङ्क कार्यालयमा नभएको सिंहले जानकारी दिनुभयो ।

जिल्लामा व्यावसायिक बाख्रापालक कृषकको सङ्ख्या समेत बढ्न थालेको बताइएको छ । हाल १०० भन्दा बढी कृषकले व्यावसायिक बाख्रापालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट हन्डर खाएका युवा सो व्यवसायमा लागेको बताइन्छ ।

हालसम्म जिल्लामा ६१ कुखुरापालन फार्म तथा विभिन्न स्थानमा २९ मासु पसल सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय रोल्पा तथ्याङ्कले देखाएको छ ।

यसैबीच उत्तरी रोल्पामा व्यावसायिक रुपमा भेंडापालन गरिँदै आएकामा पछिल्ला दिनमा त्यो सङ्ख्या भने घट्दै गएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:२० मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...