back
CTIZAN AD

किन लोप हुँदै छ नौमती बाजा ?

वि.सं.२०७६ मंसिर ९ सोमवार

1K 

shares

९ मङ्सिर, डोटी । नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा परेको छ । आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालिसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १०÷११ जनाको समूहले बजाउने बाजाहरु विगतको जस्तो अहिले विरलै देख्न र सुन्न पाइन्छ । एकै किसिमका पोसाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले सुदूरपश्चिम प्रदेशमा यो बाजाको रौनक तथा नाच निकै रमाइलो मानिन्छ । यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रुपमा रहन्छन् ।

नौमती बाजालाई यहाँको प्रदेशमा पञ्चेबाजासमेत भन्ने गरिन्छ । बाजा लोप हुँदै जान थाले पनि बाजा संरक्षणमा कसैले पनि पहल नगरेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय तथा पञ्चेबाजा बजाउनमा पोख्त धनीराम नेपालीले बताए । विगतमा कुनै शुभसाइतमा यो बाजा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन हराएका कारण संस्कृति नै लोप हुने खतरा बढेको शिखर नगरपालिका–१ गुठेउडीका नौमती बाजा बजाउने अर्का स्थानीयवासी हरि दमाईंले बताए ।

नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरु पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेशालाई अँगाल्न थालेको स्थानीय बूढापाकाहरु बताउँछन् । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताए ।

बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुस्ताले पञ्चे तथा नौमती बाजा अँगाल्न नखोज्दा यसले प्राथमिकता नपाएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा पहिला पहिला बजाइने यो बाजा आधुनिक बाजा भित्रिएपछि लोप हुने खतरामा परेको हो ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १५:४४ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...