back
CTIZAN AD

रोग लुकाएर किन अकालमै ज्यान गुमाउँछन् एचआइभी सङ्क्रमित ?

वि.सं.२०७६ मंसिर १० मंगलवार

1K 

shares

१० मङ्सिर, डडेलधुरा । एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् ।

डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् । सबैभन्दा बढी सङ्क्रमित परशुराम नगरपालिका क्षेत्रमा छन्, जसमध्ये सो अवधिमा तीन महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।

रोजगारीका लागि छिमेकी भारत जाने युवाहरु एचआइभी सङ्क्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालयका सूचना अधिकारी जनक चन्दले बताए ।

उनले भने “अभिलेख अनुसार ९६ एचआइभी सङ्क्रमित भारतमा रोजगारीमा गएका कारण पीडित भएका छन् । सबैभन्दा संवेदनशील रहेको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्रमा यो समस्या छ ।” जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको छ । यस क्षेत्रका बासिन्दा बढीजस्तो रोजगारीका लागि भारततिर जान्छन् । सङ्क्रमितका छोराछोरी समेत प्रायः सङ्क्रमित हुने अवस्था देखिएको एचआइभी सङ्क्रमतिको क्षेत्रमा कार्यरत ‘डडेल्धुरा प्लस’का कार्यक्रम अधिकृत भरत ऐरले बताए । उनका अनुसार आर्थिक अभाव हुने सङ्क्रमितहरु उपचारसमा खर्चला लाग्ला भनेर पनि सेवा लिन जाँदैनन् । जिल्लामा सङ्क्रमितमध्ये ८३ ले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बताए । डडेल्धुरा सदरमुकामा रहको एआरटी सेन्टरमा बैतडीका १० र डोटीका तीन गरी हाल ९६ ले सेवा लिइरहेका छन् । त्यसमध्ये आठ बालबालिका छन् ।

अझै २०० भन्दा बढी सङ्क्रमित रहेको तर उनीहरु खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उनले बताए । पाँच वर्ष पहिले समयमा औषधि खान नपाउने र जिल्लामा ‘एआरटी सेन्टर’ को सेवा लिने स्थिति थिएन । सदरमुकाम र जोगबुडा गरी दुई स्थानमा सेन्टर भएका कारण ग्रामीण क्षेत्रका सङ्क्रमितलाई सदरमुकाम आउनमा समस्या थियो ।

नवदुर्गा गाउँपालिका–५ चामाका एचआइभी सङ्क्रमित चार बालबालिका दुई वर्ष पहिले समाजमा पुनःस्थापित भएका छन् । सङ्क्रमित आमाबुबाको ‘एआरटी’ सेवा पाउन नसकेका कारण निधन भएपछि उनीहरुका बालबापिलका समाजबाटिि वस्थापित भएका थिए । ती बालबालिका स्थानीय विद्यालयको छात्रवासमा बस्दै आएकामा गत वर्ष जिल्ला एड्स समन्वय समितिको पहलमा घर फर्केका थिए ।

कार्यक्रम अधिकृत ऐरले “समाजले भेदभाव गर्ने गरेका कारण सङ्क्रमित फेरि गाउँ छाडेर भारत फर्कने र समस्या लुकाएर राख्ने गरेका छन् । डडेल्धुरा जिल्ला अस्पतालमा एक मात्र एआरटी केन्द्र हुँदा विकट गाउँपालिका सङ्क्रमितलाई सहजरूपमा औषधि दिन सकिएको छैन ।”
सरकारले एचआइभी सङ्क्रमितका लागि जिल्लाका सम्पूर्ण स्वास्थ्यचौकीसम्म औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई विभिन्न सङ्घसंस्थाले काम गर्दै आए पनि त्यसको खासै प्रभाव परेको छैन ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १२:०४ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...