back
CTIZAN AD

प्रिय नारी

वि.सं.२०७६ मंसिर १० मंगलवार

840 

shares

त्यो तिमी थियौ
जसले मलाई म बनायो ।

एक पुत्र बनायो
एक बालक बनायो
एक युवा बनायो
प्रेमी, पति र पिता बनायो
त्यो तिमी थियौ
जसले मलाई म बनायो ।

स्वप्निल बनायो
स्रष्टा बनायो
द्रष्टा बनायो
स्वास थपेर जीवित बनायो
आश थपेर विजित बनायो
त्यो तिमी थियौ
जसले मलाई म बनायो ।

देव बनायो
मालिक बनायो
शासक बनायो
गाँस थपेर सबल बनायो
अस्थि कपेर सडक बनायो
त्यो तिमी थियौ
जसले मलाई म बनायो ।

प्रिय नारी
त्यो तिमी थियौ
जसले मलाई म बनायो ।

१० मंसिर, २०७६ काठमाण्डौ

वि.सं.२०७६ मंसिर १० मंगलवार ११:५२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...