back
CTIZAN AD

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो

वि.सं.२०७६ मंसिर १२ बिहीवार

771 

shares

१२ मङ्सिर, अर्घाखाँची । अर्घाखाँचीमा बुधबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ र घाइतेको संख्या १८ पुगेको छ ।

दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।

दुर्घटनामा सो नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका छ महिने बालक, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, आठ वर्षीया मोनिका खड्का छन् । कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन्धिखर्क नगरपाकिला–१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वषीर्य वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृत्यु हुने अन्य आठको सनाखत हुन बाँकी रहेको र शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार ११:२७ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...