१२ मङ्सिर, काठमाडौँ । घटेर बुधबार स्थिर रहेको सुनको भाउ आज बिहिबार पुनः २ सयले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ७१ हजार २ सय रुपैँयामा कारोबार भएकोमा आज तोलाको २ सय रुपैयाँले घटेर ७१ हजार पुगेको छ ।
त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा २ सयले घटेर ७० हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटे पनि चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैँयामा कारोबार भएको थियो भने आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १२ बिहीवार ११:४० मा प्रकाशित






























