back
CTIZAN AD

पुस ५ देखि महिला उद्योमी मेला हुने

वि.सं.२०७६ मंसिर १२ बिहीवार

921 

shares

१२ मङ्सिर, चितवन । उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो ।

महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष सहनलाल प्रधानले बताए । उद्यमशीलता विकासमार्फत् महिलालाई आयआर्जनमा आकर्षित गर्नुका साथै महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार गर्नमा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

उद्योग वाणिज्य सङ्घको परिसरमा सञ्चालन गर्न लागिएको उक्त मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिए ।

महिला उद्यमी तथा घरेलु, साना तथा लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको उक्त मेलामा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, कास्कीलगायतका महिला उद्यमीको सहभागिता रहने जनाइएको छ ।

उद्योग वाणिज्य सङ्घ–चितवनले महिला उद्यमीको प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गत असारदेखि चितवन कोसेली घर सञ्चालनमा ल्याएको छ ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार १२:४२ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...