back
CTIZAN AD

ढाकछोपको राजनीतिले कांग्रेसलाई सुधार्ने काममा बाधा गर्छ –नेता शाह

वि.सं.२०७६ मंसिर १६ सोमवार

741 

shares

कांग्रेस कार्यकर्ताले यो यथार्थ बोध गरेर सत्य बोल्नु पर्छ नेताहरूले बोल्ने ढाकछोपलाई अनुसरण गर्न आबस्यक छैन -नेता शाह

मंसिर १६, काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले ढाकछोपको राजनीतिले कांग्रेसलाई सुधार्ने काममा बाधा गर्ने बताएका छन् ।

सोमबार सामाजिक संजाल फेस्बुक मार्फत उपनिर्वाचनको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले हालै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसको जनमत सुधारिएको भएपनी यो प्रर्याप्त नभएको धारणा राख्दै ढाकछोपको राजनीतिले कांग्रेसलाई सुधार्ने काममा बाधा गर्ने बताएका हुन् ।

यही अबस्थामा यही अभिमत आगामी संसदिय निर्बाचनमा पनि प्रकट हुने प्रस्ट रहेको बताउँदै काँग्रेसले ढाकछोपको राजनीतिमा सुधार नगरे कांग्रेसको सरकार बन्न नसक्ने तर्फ पनि उनले सचेत गराएका छन् । उनले भनेका छन् ‘कांग्रेस कार्यकर्ताले यो यथार्थ बोध गरेर सत्य बोल्नु पर्छ नेताहरूले बोल्ने ढाकछोपलाई अनुसरण गर्न आबस्यक छैन ! यो ढाकछोपको राजनीतिले कांग्रेसलाई सुधार्ने काममा बाधा गर्छ !’

उनले कांग्रेसका सबै नेताकार्यकर्ताले गुट भन्दा माथी उठेर काम गर्ने अर्को निर्वाचनको मत परिणाम कांग्रेसको पक्षमा आउने बताएका छन। कांग्रेसमा जनतालाई आकर्षित गर्न गुट भन्दा माथी उठेर ‘हार्दिकता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्यलाई’ मुल मन्त्र बनाएर अघि बढ्नु पर्ने शाहले तर्क गरे। पुर्व उपाध्यक्ष शाहले नेपाल संसदीय प्रणालीको जन्मदाता नेपाली कांग्रेस भएको बताएका छन।

बहुदलीय ब्यबस्थामा जनता स्वतन्त्र हुनु पर्ने हो तर नेपालमा त्यस्तो नभएको कुरा उपनिर्वाचनले प्रष्ट पारेको भन्दै दुख व्यक्त गरे। उनले कांग्रेसले संसदीय ब्यबस्थाको जन्मदिए पनि नेपालमा त्यो ब्यबस्थाको चरीत्र निर्माण नभएकोले त्यो चरित्र निर्माण गर्ने जिम्मेवारी पनि कांग्रेसले नै लिनु पर्नेमा जोड दिएका छन् ।

उनले संगठन निर्माण र परिचालनमा काँग्रेसले ध्यान दिनुपर्ने कुरा पार्टीलाई सुझाएका छन् । उनले लेखेका छन् “संगठन सबै भन्दा महत्वपूर्ण हो भन्ने यो पालीको निर्बाचनले पनि प्रस्ट पारेको छ १ एमाले माओबादीको ६०र४० को एकीकरण १० हो भने नेपाली कांग्रेसको अवस्था ६र७ हो भन्ने कांग्रेसीहरूले जती छिटो बुझ्यो त्यती नै कांग्रेसका लागी फ़ायदाजनक हुनेछ ! त्यसैले नेपाली कांग्रेसका नेताहरूले कांग्रेसको संगठन बढ़ाउने कुरालाई पहिलो प्राथमिकता दिन आबस्यक छ ।’

उनले ने बि संघको जिल्ला तथा केन्द्रमा ज़िम्मेवारी बहन गरी रहनु भएका आदरणीय नेताहरू गुट र चाकड़िको प्रबृतिबाट माथी उठन् आग्रह गरेका छन् । भनेका छन् “ नेपाली कांग्रेसको कारखाना मानिएको ने बि संघको नेतृत्व गरेर जिल्ला तथा केन्द्रमा ज़िम्मेवारी बहन गरी रहनु भएका आदरणीय नेताहरू – गुट र चाकड़िको प्रबृतिबाट माथी उठनुस ।’
पुर्व उपाध्यक्ष शाहले गरेको उपनिर्वाचन विशेष टिप्पणी यस्तो छ :

वि.सं.२०७६ मंसिर १६ सोमवार १३:३२ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...