back
CTIZAN AD

मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ हुने

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

१९ मङ्सिर,धनगढी। कैलालीको प्रशिद्ध धार्मिकस्थल गोदावरी धाममा आगामी मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ आयोजना गर्ने तयारी गरिएको छ ।

धाम क्षेत्रमा शनिबार बसेको सर्वपक्षीय बैठकले माघ १ देखि १२ गतेसम्म बाह्रराशि दर्शन मकर मेला आयोजना गर्न आवश्यक तयारी गर्ने निर्णय गरिएको साहित्यकार एवम् समाजसेवी पदमराज जोशीले बताउनुभयो ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने निर्णयसमेत उक्त बैठकले गरेको छ ।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएकाले प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गर्ने गरी तयारी गर्न लागिएको जोशीले बताउनुभयो ।

यसका लागि गोदावरी धाममा बाह्रराशिको स्थापना गर्ने, प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवम् पूजाको व्यवस्था मिलाउने, त्यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्रराशि र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवम् पूजाको व्यवस्था गर्ने तयारी गरिएको छ ।

बाह्रराशि दर्शन मकर मेलाको आयोजनाबाट गोदावरी धाममा प्रत्येक राशिका मानिसले आ–आफ्नो राशिअनुसार पूजा गर्न पाउने भएका छन् । यसका साथै लक्ष्यह्वन तथा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरिनेछ । यस्तै बैठकले गोदावरी धामको बृहत् विकासका लागि गोदावरी धाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको छ । यो क्षेत्रमा गत वर्ष कुम्भ दर्शन मेला गरिएको थियो । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार ०४:४७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...