back
CTIZAN AD

मुख्यमन्त्रीद्धारा दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

वि.सं.२०७६ मंसिर १८ बुधवार

807 

shares

१८ मङ्सिर, रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको, एक बेपत्ता र तीन गम्भीर घाइते भएको खबरले स्तब्ध बनाएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटिय क्षेत्रका बासिन्दालाई हार्दिक अपिल गरेका छन् ।

“दिनप्रतिदिन बढिरहेका सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ, बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार संवेदनशील छ”, विज्ञप्तिमा भनिएको छ, “सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारीसाधनको अवस्थालगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।”

मुख्यमन्त्री पोखरेलले दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक रहेको जनाए । उनले प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको जनाउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी, यातायात व्यवसायी, मजदूरलगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक रहेको उल्लेख गरेका छन् ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १५:०७ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...