back
CTIZAN AD

राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का विजेता

वि.सं.२०७६ मंसिर २२ आइतवार

1.2K 

shares

२२ मङ्सिर, काठमाडौँ । ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । शनिबार राजधानीको ह्यात होटलमा आयोजित ग्राण्ड फिनालेमा ३ प्रतिस्पर्धीलाई पछि पार्दै उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।

साउन ३१ देखि शुरु भएको उक्त रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका हुन् ।

दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको उक्त प्रतियोगितामा उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए भने ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चरणमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका हुन् ।

शनिबार साँझ भएको अन्तिम प्रतिस्पर्धाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो ।

विजेता लिम्बुले नगद रु. १२ लाख र गाडी जितेका छन् । योसँगै म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् ।

वि.सं.२०७६ मंसिर २२ आइतवार ११:४७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...