२४ मसिंर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको त्रिविसभाले त्रिवि सेवा आयोग फेल भए पनि शिक्षकहरुको करार नवीकरण गर्ने कार्यकारी परिषद्को निर्णय अनुमोदन गरेको छ ।
२०७३ पुस २० गतेको परिषद्ले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद २ को नियम १० (१ क) मा करार सेवा कार्यरत शिक्षकले त्रिवि सेवा आयोगको परीक्षा पास नगरे करार नवीकरण गर्न नसकिने व्यवस्थालाई संशोधन गरेको हो ।
पूर्वउपकुलपति तीर्थ खनियाले जाँदाजाँदै करार सेवामा कार्यरत शिक्षकहरु फेल भए पनि उनीहरुको करार सेवा नवीकरण गरिने निर्णय गरेका थिए । त्यही निर्णयलाई कानुनी रुप दिन मसिंर १३ गते बसेको त्रिविसभाले अनुमोदन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको छ । मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०८:२१ मा प्रकाशित




























