back
CTIZAN AD

कविता : शब्दकोश र देश

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.1K 

shares

मेरा केही शब्दहरू
अचेल
शब्दकोशमै थोत्रा भएका छन् ।

वर्षौं खिया नलाग्ने
अन्तर्रा्ष्ट्रिय स्तरको ठानिएको
‘वीर गोर्खाली’ शब्दमा खिया लागेको छ
‘स्वाभिमान’ शब्द
मैलिनुसम्म मैलिएको छ
धुवाँ, धुलो र प्रदूषणका अघिल्तिर
टिक्न सकेको छैन ‘पुर्खाको गौरव’ ।

मेरो राष्ट्रवाद यतिबेला
सरकारी ढड्डाको धुलो खाँदै छ
व्यक्तिस्वार्थको टापमुनि
किचिमिची छ न्याय
बेइमानीको बजारमा
दुई कौडीमा बिक्न सकेको छैन इमान
शिर ठाडो पारेर हिँड्न चाहनेहरू
निसन्देह बेवकुफ ठानिन्छन्
मूर्खताको परिभाषा बदलिएको छ
हुनुसम्म जोकरफाल्तु भएको छ(इतिहास ।

मेरा केही शब्दहरू अचेल
शब्दकोशमै उल्टोपाल्टो, पाल्टोउल्टो भएका छन् ।

माग्नेले बोक्ने कुच्चिएको सिल्बरे थाल र
मानवअधिकारको अर्थ एउटै छ
विकासको बजेटमा पहिला धमिरा लाग्छ
अनि गाउँ पठाइन्छ
खसीको टाउको झुन्ड्याएर
कुकुरको मासु बेच्ने धन्दा
दिन दुगुना, रात चौगुना चम्किरहेको छ
गर्वका विषयहरू फेरिएका छन्
जो चोर, उसकै ठूलो स्वर भन्न डराउनुपर्ने भएको छ ।

मेरा केही शब्दहरू अचेल
शब्दकोशमै क्षतविक्षत भएका छन् ।

मेरो आँखाअगाडि
विदेशी शब्दको दादागिरी छ
मेरै आँगनमा मेरा बच्चाहरू
मातृभाषामा बोल्न प्रतिबन्धित छन्
म न्यायको आशमा
अन्यायीकै दैलोमा झोलीथाप्ने पथिकजस्तो भएको छु
मैले क्रान्तिको पाठशालाका
क्रान्तिकारी शब्दहरू अनादर गरिरहेको छु
म पुख्र्यौली वीर हुँ,
म स्वाभिमानी हुँ,
म नेपाली हुँ भने…
मैले मेरो शब्दकोश बदल्नै पर्छ
मैले मेरा शब्दहरूको सुरक्षा गर्नै पर्छ
मैले मेरो आफ्नोपनमाथिको
आक्रमणउपर प्रत्याक्रमण गर्नै पर्छ ।

मेरा कमजोर शब्दहरूलाई विद्रोही बनाउन
मैले मेरो सहनशीलताको सीमा भत्काउनुपर्छ
मेरो सगरमाथामा कुल्चने खुट्टाहरू भाँच्नुपर्छ
मेरो लुम्बिनीमा ढुक्ने गिद्धेआँखाहरू कुच्याउनुपर्छ
मेरो देशको शान्त तलाउमा खुट्टा घुमाउने
बकुल्ला भगतलाई दपेट्नुपर्छ
मलाई थाहा छ,
चार नाका थुनेर
लुम्तडी स्यालहरूलाई सिंहदरबार छिर्न नरोकुन्जेल
मैले मेरो शब्दकोश बदल्न पाउनेछैन ।

मैले मेरो देशको शब्दकोश बदल्ने तयारी गर्नै पर्छ ।

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:२० मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...