back
CTIZAN AD

हाँस्य लघुकथा : पृथ्वी घुम्छ रे !

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.3K 

shares

गाउँमा अलि अलि पढेर नबस्नु होला । धेरै प्रश्नको सामना गर्नुपर्ने हुन्छ । कति प्रश्न निजी हुन्छ । कति हावाको ।
भाई बेकारी हुनुको रहस्य ? किन नोकरी भएन भाईको ? भाईको आजसम्म विवाह नहुनुको कारण आदि आदि ।
यस्तै प्रश्नहरुको समस्याले ग्रसित यो छातीमा धेरै प्रश्नहरु गरेर नै मेरो शरीरको आधा केजी मासु घटने गर्छ ।मेरो लुते हुनुको रहस्य पनि यही हो ।

कतिले बाहिरी प्रश्न गर्छन् कतिले ज्यान सुकाउने प्रश्न गर्छन् । आखिर देशमा बड्दो बेकारी समस्याको हल गर्ने कुरा कसैले गर्दैनन् र नि ।

यसरी धेरै प्रश्नहरूको सामना गर्दागर्दै मलाई पनि आदत भइसकेको छ । मुख हेरेर अब कसले के प्रश्न गर्छ भन्ने कुराको अनुमान लगाउनु थाल्ने भइसकेको छु । कति ईज्जतका प्रश्न गर्छन् कति बेइज्जत गर्ने प्रश्न गर्छन् । गर्नु चैं गर्छन् । आफैलाई आजकल प्रश्न पत्र पो भएँ कि जस्तो लाग्छ ।

एकदिनको कुरा हो ठुले बड़ा साईकिलमा रन्केर मेरो छेउमा आइपुगे । ’ए……ए कान्छा, सुन त साँची अस्तिदेखि तँलाई एउटा कुरा सोध्नु मन छ । अब गाउँमा पढ़ालिखा पनि तँ त छस् ।भन् त नानी यो पृथ्वी घुम्छ रे हो ?’
मैले भने ’किन बड़ा अब यो मर्ने उमेरमा पृथ्वी घुमे पनि के नघुमे पनि के फरक पर्छ र तपाईंलाई ?’
’होइन नानी, पृथ्वी घुम्छ रे !’ कसले भन्यो बडा ?’
’अरे हाम्रो मुन्सी छ नि, हरिप्रसाद उसले भनेको ।’ अन्त उत्तर भनेन त मुन्सीले ।’
‘भन्नु त भन्यो आधा कुरा बुझ्नु सकिनँ । कक्ष, अक्ष, दाहिने, बायाँ,चुम्बक के के भन्यो भन्यो ।’
हतारमा थिएँ के काम गर्नुको लागि, अब बुढालाई उत्तर दिनु कि नदिनु भएँ । फेरि बुढाको चाउरी परेको गालाभित्रको जिज्ञासा देखेर पृथ्वी घुम्ने कुरा सम्पूर्ण कथा सुनाइदिएँ ।
’ल कान्छा यो कुरा त बुझेँ पृथ्वी घुम्दो रहेछ । तर एउटा कुरा बुझ्नु सकिनँ नि !’
’ के कुरा बडा ?’

’अब सुन्, हाम्रो छिमेकी माइलाको घरको ढोका पूर्वपट्टि छ अनि हाम्रो पश्चिमपट्टि । हेर्त हो कि होइन ।’ मैले दुवै घर हेरेँ, कुरा ठीकै हो ।’ अब तँ भन्छस् पृथ्वी घुम्छ भनेर तर हाम्रो ढोका त जहाँको त्यहीँ छ त ?

माइलाको घरको पूर्वपट्टिको ढोका किन पश्चिम भएन ? अनि हाम्रो घरको ढोका किन पूर्व भएन भन त ?’

मैले भनेँ ‘जमिन एक्लै घुम्दैन बडा । घुम्नुको मतलब हो पूरा पृथ्वी घुम्छ । पूरा घुम्दा पृथ्वीभित्रको बस्तु पनि घुमेको हुन्छ । जस्तै अहिले तपाईं मेरो नाक हेर्नू । तपाईंको सिधामा छ । अब एक कदम दाहिने भएर हेर्नू अहिले पनि नाक त्यहीँ सिधामा नै छ । हो कि होइन भन्नू त हो ! हो, तब पृथ्वीमा भएको रुखपात घर जंगल सबै नै घुम्छ पृथ्वीको साथ साथमा र हामीलाई अनुभव हुँदैन कि पृथ्वी घुम्छ भनेर । तर, पृथ्वी आफ्नो गतिमा घुमिरहन्छ । बुझ्नु भयो बडा अब ।’ भनेपछि बुढाले लामो सास फेरेर भने हो रहेछ पृथ्वी घुम्दो रहेछ ।

धेरै दिनको भारी फाले झैँ बुढा थचक्क बसे । ‘आखिर पढालिखा -पढालिखा नै हो नानी । तिमीहरू पढ़ेर संसार बुझ्यौ । सबै थाहा छ । हामी अनपढलाई सबै ढुङ्गा लाग्छ कुकुरलाई हिर्काउनु काम लाग्छ भनेर राख्छौँ । त्यही ढुङ्गा दिमागमा राखेर पढालिखाले के के बनाउँछन् । शिक्षा सबैको अधिकार रहेछ । सबले पढ्नुपर्छ । बाल बालिकाले मात्र होइन बुढापाका सबै शिक्षित हुनपर्छ । तब गाउँ ठाउँ सुन्दर हुन्छ’ भनिराखेर बुढा साईकल टिपेर हिँडे । म भने शिक्षालाई कता नोकरीसित तुलना गरिरहेको थिएँ ।

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:१३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...