back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ मंसिर २८ शनिवार

4K 

shares

१.
हिरामा चमक र फलाममा खिया देखेर अचम्म लाग्छ
मान्छेलाई गुलाम बनाउने रुपियाँ देखेर अचम्म लाग्छ
हुनेखानेका पछाडी जमात छ गरिब दुःखी सधैं एक्लै
र त यस्तै यो सारा स्वार्थी दुनियाँ देखेर अचम्म लाग्छ ।
२.
तिमिले सोचेजस्तो कम्जोर छैन म पनि यो कुरा बुझी राख
दुस्मन चिनिराख्छु तर गर्दिन दुश्मनी यो कुरा बुझी राख
जे बोल्छु सत्य बोल्छु कसैकसैलाई मन नपर्न पनि सक्छ
मेरो बोलिमा घोलिन्न कहिल्यै मख्खनी यो कुरा बुझी राख ।
३.
मैले दिने मायाको आभास तिम्रै लागी हो
मैदान बनाएको छाती खास तिम्रैलागी हो
यि आँखा खुले सम्म र मुटु चले सम्म पनि
मेरो यो ढुकढुकी अनि स्वास तिम्रैलागी हो ।
४.
जिउँदो हुदैमा नै स्वर्ग सारा हेर्ने रहर छ
र त पुरै कर्णाली घुमेर रारा हेर्ने रहर छ
यसरी मुस्कुराउनु पर्छ पुरै कर्णाली अब
सबैका मुहारमा जुनतारा हेर्ने रहर छ ।
५.
फुल बिनाको बाग के सुन्दर देखिन्छ
सफेत लुगामा दाग के सुन्दर देखिन्छ
अरु भन्दा फरक नै देखिने बाहनामा
बकुल्लाको बिचकाग के सुन्दर देखिन्छ ।

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:११ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...