back

संविधान कार्यान्वयन गर्न सरकार गम्भीर

वि.सं.२०७३ मंसिर २० सोमवार

504 

shares
IME Limited
NTC AD

pm

२० मङ्सिर , काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमकालीन न्यायको व्यवस्थापन गरिने बताउनुभयो । भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उहाँले चासो राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकामा सन्तोष व्यक्त गर्दै अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट गर्नुभयो । “अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर पर्दैन” उहाँले भन्नुभयो । रासस

 

वि.सं.२०७३ मंसिर २० सोमवार ०५:५१ मा प्रकाशित

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...