back
CTIZAN AD

संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्छाैं : प्रधानमन्त्री

वि.सं.२०७३ मंसिर २० सोमवार

1K 

shares
????????????????????????????????????
१९ मंसीर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ ।

आइतबार माओवादी केद्रमा प्रवेश गर्ने खेलाडीहरुको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खेल क्षेत्र निकै ठूलो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा ठूला उपाधि प्राप्त गर्न थालेको छ, यसले नेपाल र नेपालीको शिर उच्च बनाएको छ, नेपाली युवाहरुको आत्मबल बढेको छ । तपाईहरुको प्रगतिले सरकारको पनि ईच्छाशक्ति बढेको छ । सरकार संस्थागत रुपमै खेल क्षेत्रमा केही न केही नयाँ प्रगति गर्ने प्रयत्नमा छ । खेलकूदको क्षेत्रमा हामी छिट्टै नयाँ योजना ल्याउँदै छौं ।’
माओवादी केन्द्रमा प्रवेश गर्ने खेलाडीहरुलाई प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरु जुन विश्वासका साथ माओवादी आन्दोलनमा आउनुभएको छ, यसले हामीलाई उत्साही र गम्भीर बनाएको छ । राष्ट्र र जनताको प्रगति र विकासका लागि जिम्मेवारी थपिएको महशुस गरेको छु । सरकारले खेलाडीहरुको भावना र खेल क्षेत्रका समस्या सम्बोधन हुने गरी नयाँ योजना ल्याउँछ ।’ कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी ध्वजमान मोक्तान सहितका दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका थिए ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०६:०९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...