back
CTIZAN AD

कृषि विकासको ‘शहरी मोडल’ र कमल खतिवडाको अनुभव

वि.सं.२०७६ मंसिर २९ आइतवार

684 

shares

गाउंमा वास्तविकरुपमा कृषिकर्म गर्नेहरुको हालत के छ ? ताप्लेजुङ सदरमुकामबाट आधाघण्टाको दूरीमा रहेको नाङखोल्याङ्गका किसान कमल खतिवडालाई भेटे थाहा हुन्छ ।

शहरमा ‘कृषि विकास’को कुरो गरिसाध्य छैन । गोष्ठी सेमिनार, प्रोजेक्ट र प्रोजेक्टरको व्यापार, अनुदानमा लगानी र कमिसनको खेल, भ्रमण सवथोक छ । शहरी कृषिमा के छैन ? सबथोक छ ।

तर, गाउंमा वास्तविकरुपमा कृषिकर्म गर्नेहरुको हालत के छ ? ताप्लेजुङ सदरमुकामबाट आधाघण्टाको दूरीमा रहेको नाङखोल्याङ्गका किसान कमल खतिवडालाई भेटे थाहा हुन्छ ।

अघिल्लो वर्ष केही समयको अवधिमा खतिवडाले पालेका ५० औं बाख्रा मरे । एक दिन, दुई दिनको फरकमा बाख्रा मर्दै गए । के भयो, कसो भयो भन्ने सोधखोज गर्दा कसैले पनि उहांलाई समाधान दिएन, सहयोगको त कुरै छोडौं ।

भए भरका बाख्राहरु मरेर ८,१० वटा बाँकी रहँदा बल्ल खतिवडालाई थाहा भो—पिपिआरको समस्याले पो बाख्रा मरेका रहेछन् । जबकि त्यो आफैमा कुनै ठूलो महामारी नै होइन रहेछ ।

तर, खतिवडालाई त्यही माहामारी भैदियो । ‘थाहा नभएपछि यस्तै हुन्छ । मेरो मात्र होइन, गाउँका धेरै किसानको हालत यस्तै हो । सानो समस्याले किसानलाई बेहाल बनाइरहेको छ ।’ खतिवडाले हिजो मसंग भन्नुभयो । शहर बजारका भब्य होटलका कोठाहरुमा हुने ‘कृषि विकासको क्रान्ती’ले कन्सलट्याण्ट र प्रोजेक्टरका व्यापारीहरुको भब्य विकास भए पनि फार्म नै चलाउने किसानहरु भने स—सानो समस्याले बेहाल भैरहेका छन् भन्ने कुराको एउटा दृष्टान्तको रुपमा खतिवडालाई लिन सकिन्छ । तर, तिनीहरुका ‘त्यस्ता जाबो समस्या’ कृषि विकासको ‘मोडल तयार’ गर्न सक्रिय रहेका सरकारी हाकिम र विज्ञहरुको लागि के अर्थ ?

जे होस् अघिल्लो वर्षको हण्डरपछि अहिले खतिवडा भने आफ्नो डुविसकेको बाख्रापालन व्यवसायबाट व्युतने प्रयासमा हुनुहुन्छ । एउटा त उहांको छोरा भीष्मले कृषि पढे र केही जान्ने भए, त्यसमाथि उहां आफै पनि केही कुरा बुझ्ने हुनु भयो । ‘हण्डर खाएपछि त सिक्नै पर्यो नी, अहिले विस्तारै बाख्राको संख्या बढाउंदैछु । बेच्नको लागि गाह्रो छैन । त्यसैले यसैबाट केही हुन्छ भन्ने लागेको छ’ उहांले मसंग भन्नुभयो ।

मेरो अनुरोधः सरकारी हाकिमसाबहरु कृषि विकासको लागि ठूला ठूला कुरा छोडिदिउं, पहिले कृषिकर्मीले दिनुंहु भोग्नु परेका स साना र झिना मसिना समस्या समाधान गरिदिउं, कृषि क्रान्तीको विगुल तिनैले पुग्छन् । तपाई हामीले टाउको दुखाउनै पर्दैन । त्यसपछि तपाई हामीले जतिवटा सेमिनार गर्नु परे पनि गरौंला, अहिलेलाई अनुदानको खेल, तथा सेमिनार र प्रोजेक्टरको व्यापार वन्द गरौं, त्यति भए पुग्छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १३:२७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...