back
CTIZAN AD

विष्फोटक पदार्थ निष्क्रिय पार्न ५० हजार नागरिकलाई सुरक्षित स्थानमा लगियो

वि.सं.२०७६ मंसिर ३० सोमवार

768 

shares

३० मसिंर, रोम ।  दोस्रो विश्वयुद्धको अवशेषका रूपमा भेटिएको विष्फोटक पदार्थ निष्क्रिय पार्न विज्ञहरूले काम गरिरहँदा ५० हजार इटालीयालीलाई दक्षिणी शहर ब्रिन्दीसी शहरबाट सुरक्षितस्थलमा सारिएको इटालीको प्रहरीले जनाएको छ ।
इटालीका सञ्चारमाध्यमले दिएको समाचारअनुसार बेलायतमा निर्मित उक्त विष्फोटक पदार्थ निकै शक्तिशाली भएको र यो दोस्रो विश्वयुद्धमा इटालीमाथि प्रहार भएको विश्वास गरिएको छ ।

विष्फोटक पदार्थ एक मिटर लामो र करिब २०० किलोग्राम तौलको रहेको र यसलाई शहरमा एउटा सिनेमा घर बनाउन जमिन खन्दा गत नोभेम्बर २ मा भेटिएको इटालीको प्रहरीले जनाएको छ । इटालीमा पछिल्ला केही दशक यता यति ठूलो विष्फोटक पदार्थ भेटिएको पहिलो घटना भएको र यसलाई विशेष सावधानीसाथ निष्क्रिय पारिएको छ ।

विष्फोटक पदार्थलाई भवन निर्माणस्थलमा नै विज्ञहरूको निर्देशनमा सेनाले निष्क्रिय बनाएको छ तर यसलाई सोमबार अर्कै स्थानमा लगेर विष्फोट गराउने बताइएको छ ।

विष्फोटक पदार्थ निष्क्रिय बनाउने काम गर्दै गर्दा यस वरपर करिब १।५ किलोमिटरको दूरीमा रहेका बासिन्दालाई सुरक्षितस्थलमा जान अनुरोध गरिएको थियो भने करिब आधा किलोमिटरको दूरीमा रहेको बस्तीमा ग्यास आपूर्तिलाई बन्द गरिएको थियो भने उक्त समयमा केही क्षेत्रमा हवाई तथा रेल सेवालाई पनि रोकिएको थियो ।

उक्त समय हजारभन्दा बढी सुरक्षाकर्मी र २५० तालिम प्राप्त स्वयंसेवकलाई परिचालित गरिएको इटालीको एजीआई न्यूज एजेन्सीले बताएको छ । एजेन्सीका अनुसार शनिबार ब्रिन्दिसीको आधा जनसङ्ख्या र जेलमा रहेका २१७ जना कैदीहरूलाई पनि सुरक्षित स्थलमा सारिएको थियो ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १०:३० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...