back
CTIZAN AD

तामिलताडूका मुख्यमन्त्री जयाललिता हृदयघातबाट पीडित

वि.सं.२०७३ मंसिर २० सोमवार

1.3K 

shares

२० मङ्सिर,नयाँदिल्ली। भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यका नेता तथा मुख्यमन्त्री जयाललितलाई आइतबार राति हृदयघात भएको छ । हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उहाँ अवस्था र गम्भीर नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तामिलनाडू प्रान्तका मुख्यमन्त्री जयाललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको बताइएको छ । उहाँको चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

चलचित्रका पूर्व नायिकापछि राजनीतिमा प्रवेश गर्नुभएकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित हुनुभएपछि अस्पताल भर्ना गरिएको हो ।

उहाँ दुई महिना अगाडि पनि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना हुनुभएको थियो । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उहाँले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गर्नुभएको थियो ।

उहाँ आफ्नो सफल चलिचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले करिब १५० वटा चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले तामिलनाडूको मुख्य मन्त्रीको पद तीन पटकसम्म सम्हाली सक्नुभएको छ ।

पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उहाँ तामिलनाडूको मुख्य मन्त्रीको पदमा हुनुहन्छ । जयाललिताको सोमबार बिहान सबेरै मुटुको शल्यक्रिया भएको उहाँका पार्टी एआइएडिएमकेका प्रवक्तले जानकारी दिनुभएको छ ।

‘चिकित्सकका अनुसार अम्मा राम्रो हुने छिन्’पार्टीका प्रवक्ताले बताउनु भएको छ । रासस ÷एपी

वि.सं.२०७३ मंसिर २० सोमवार ११:०७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...