back

तामिलताडूका मुख्यमन्त्री जयाललिता हृदयघातबाट पीडित

वि.सं.२०७३ मंसिर २० सोमवार

693 

shares
GLOBAL IME AD
NTC AD

२० मङ्सिर,नयाँदिल्ली। भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यका नेता तथा मुख्यमन्त्री जयाललितलाई आइतबार राति हृदयघात भएको छ । हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उहाँ अवस्था र गम्भीर नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तामिलनाडू प्रान्तका मुख्यमन्त्री जयाललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको बताइएको छ । उहाँको चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

चलचित्रका पूर्व नायिकापछि राजनीतिमा प्रवेश गर्नुभएकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित हुनुभएपछि अस्पताल भर्ना गरिएको हो ।

उहाँ दुई महिना अगाडि पनि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना हुनुभएको थियो । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उहाँले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गर्नुभएको थियो ।

उहाँ आफ्नो सफल चलिचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले करिब १५० वटा चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले तामिलनाडूको मुख्य मन्त्रीको पद तीन पटकसम्म सम्हाली सक्नुभएको छ ।

पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उहाँ तामिलनाडूको मुख्य मन्त्रीको पदमा हुनुहन्छ । जयाललिताको सोमबार बिहान सबेरै मुटुको शल्यक्रिया भएको उहाँका पार्टी एआइएडिएमकेका प्रवक्तले जानकारी दिनुभएको छ ।

‘चिकित्सकका अनुसार अम्मा राम्रो हुने छिन्’पार्टीका प्रवक्ताले बताउनु भएको छ । रासस ÷एपी

वि.सं.२०७३ मंसिर २० सोमवार ११:०७ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...