back

बम विस्फोटमा परी एकै परिवारका चारकोे मृत्यु

वि.सं.२०७३ मंसिर २० सोमवार

513 

shares
GLOBAL IME AD
NTC AD

२० मङ्सिर,काबुल (अफगानिस्तान) । अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल राउफ मसुदका अनुसार यस आक्रमणमा परी दुई बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।

पाक्टिकाका खोसामन्द जिल्लामा भएको यस आक्रमणमा परी अर्का एक सर्वसाधारण घाइते भएका मसुदले थप जानकारी दिनु भएको छ ।

यस आक्रमणमा परी मारिएका ती परिवार एक दिन अगाडि मृत्यु भएको आफन्तको श्रद्धाञ्जलि सभामा सरिक हुनको लागि त्यसतर्फ गइरहेकोे बेलामा दुर्घटना भएको थियो

पाक्टिकामा भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर अफगान सुरक्षाबललाई लक्ष्य गरी तालिवान आतङ्ककारी समूहले बारम्बार यस्ता आक्रमण गर्दै आएका छन् । त्यसकारण यो आक्रमणमा पनि तालिवानकै हात रहेको प्रहरीको अनुमान रहेको छ ।

सडक किनारमा राखिएको यस्ता बम विस्फोटमा परी बारम्बार सर्वसाधारण जनताले ज्यान गुमाउने गरेको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर २० सोमवार ११:२० मा प्रकाशित

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...