back
CTIZAN AD

बम विस्फोटमा परी एकै परिवारका चारकोे मृत्यु

वि.सं.२०७३ मंसिर २० सोमवार

894 

shares

२० मङ्सिर,काबुल (अफगानिस्तान) । अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल राउफ मसुदका अनुसार यस आक्रमणमा परी दुई बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।

पाक्टिकाका खोसामन्द जिल्लामा भएको यस आक्रमणमा परी अर्का एक सर्वसाधारण घाइते भएका मसुदले थप जानकारी दिनु भएको छ ।

यस आक्रमणमा परी मारिएका ती परिवार एक दिन अगाडि मृत्यु भएको आफन्तको श्रद्धाञ्जलि सभामा सरिक हुनको लागि त्यसतर्फ गइरहेकोे बेलामा दुर्घटना भएको थियो

पाक्टिकामा भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर अफगान सुरक्षाबललाई लक्ष्य गरी तालिवान आतङ्ककारी समूहले बारम्बार यस्ता आक्रमण गर्दै आएका छन् । त्यसकारण यो आक्रमणमा पनि तालिवानकै हात रहेको प्रहरीको अनुमान रहेको छ ।

सडक किनारमा राखिएको यस्ता बम विस्फोटमा परी बारम्बार सर्वसाधारण जनताले ज्यान गुमाउने गरेको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर २० सोमवार ११:२० मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...