back
CTIZAN AD

सन्दर्भ आप्रवासी दिवस र विदेशमा रहेका नेपालीहरु

वि.सं.२०७६ पुस ३ बिहीवार

1.3K 

shares

रोजगारी र जिविकोपार्जनका लागि आफ्नो देश छोडी अन्य देशहरुमा जाने प्रक्रियाको थालनी संग आप्रवासीहरु जुन देशमा पुगेको छ त्यही देशको कानुन अनुसार सेवा सुविधा पाउनु पर्ने माग आप्रवासीहरुको रहि आएको छ ।

संयुक्त राष्ट्रसंघको ६८ औं महासभाले आप्रवासीहरुको हक अधिकार संरक्षणको लागि अन्तर्र्रािष्ट्रय आप्रवासन र बिकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरेको पनि आज थुप्रै बर्षहरु बितिसकेका छन् । तर आप्रवासीहरुको न्यूनतम आधारभूत मुद्दाहरु हलहुने गुन्जाँयस कतै देखिदैन् ।

अन्य देशका आप्रवासीहरु जस्तै नेपालीहरु पनि कामकै लागि विश्वका १९० देशमा रहेको गैरसरकारी तथ्यांकले देखाउछ । नेपालीहरुको प्रमुख गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पुर्वी अमेरिका, युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरु छन् । पछिल्लो समय अफ्रिकन देशहरुमा पनि रोजगारको खोजीमा नेपालीहरु पुग्ने क्रम समाचारमा सुनिन र देखिन थालेका छन् । कामको खोजीमा गरिव देशका आप्रवासी मात्र छैनन् धनी र सम्पन्न देशका आप्रवासीहरु पनि राम्रो सेवा सुबिधाको खोजिमा विश्वका विभिन्न देशमा पुगेका छन् । फरक यति हो नेपाली लगायत दक्षिण एशियाली मुलुकका आप्रवासी र अफ्रिकी आप्रवासीहरु जिविकोपार्जनका लागि विभिन्न जोखिम मोलेर रोजगारीको गन्तव्य देशमा पुगेका हुन्छन् भने सम्पन्न र धनी देशका आप्रवासीहरु आफ्नो देशमा खाई पाई आएका सेवा सुबिधा भन्दा राम्रो सेवा सुबिधा पाईने तथा रोजगारदाताहरुले आफ्नो सर्त भन्दा कामदारको सर्त मान्ने सम्झौता गरि ती मुलुक पुगेका हुन्छ्न् । तर समग्रमा दुवै प्रकृतिका कामदार आप्रवासी नै हुन् ।
यहाँ दक्षिण एसियायी मुलुकहरुको आप्रवासी सम्बन्धि कुरा गर्दा आफू नेपाली भएको नाताले अझ एउटा जिम्मेवार संगठनको प्रमुखको हैसियतले आफ्नै नेपाली आप्रवासी दिदिबहिनी दाजुभाइहरुको अवस्था बारे चर्चा गर्न उचित ठान्दछु ।

आजको यो घडिमा विश्वमा आप्रवासी दिवस मनाई रहदा नेपालमा पनि हामी मनाई रहेका छौं । सोही शिलशिलामा विभिन्न संचार माध्यमद्वारा एक आपसमा शुभकामना साटासाट गरि रहेका छौं । ती शुभकामनाहरुमा हामी आप्रवासीहरुको बर्तमान जस्तो रहे पनि भविष्य सहज होस् भन्ने भित्री मनसायसहितको शुभकामना छन् ।

जिविकोपार्जनको लागि अन्य मुलकहरुमा पुगेका नेपाली आप्रवासीहरुको अहिलेको अवस्था कस्तो छ त ? यस बिषयमा चर्चा गर्नु भन्दा पहिला नेपालबाट नेपालीहरु कसरी आफ्नो रोजगारको गन्तव्य तय गर्दछन् ? रोजगार गन्तव्यसम्म पुग्दै गर्दा उसले खेपेका समस्या र कष्टबारेमा चर्चा गर्न उपयुक्त हुन्छ जस्तो लाग्दछ ।

नेपालीहरु आफ्नो रोजगारको लागि बिदेशिने योजना बनाएको दिन देखि आफ्नो गन्तव्य सम्म आईपुग्दा विभिन्न माध्यमबाट विभिन्न तहमा ठगिएर पीडित अवस्थामा आईपुगेको हुन्छ । नेपाल सरकारले नेपाली कामदार बिदेश जाँदा फ्री भिषा र फ्री टिकटको नियम लगाए पनि त्यसको प्रभावकारी कार्यान्वयनको अभावमा वैदेशिक रोजगारी क्षेत्रमा ठगी र दलाली थप मौलाएको छ । गत केही दिन अघि बिदेश उडाउनु पर्ने कामदारलाई दलालले नेपालको अन्य कुनै ठाउँमा उडायो भन्ने समाचार र श्रम बिभाग महानिर्देशकज्यूको फेसबुकमा उल्लेख गरिएका घट्नाहरु नै ठगी र दलाली थप मौलाएको उदाहरणहरु हुन् ।

वैदेशिक रोजगारमा जाँदा ठगिएका त हुन्छन् नै जब रोजगार गन्तव्यमा आई पुग्छन् त्यहा पनि सोचे जस्तो हुन्न । कतिलाई सम्झौता र आफ्नो सीप अनुसारको काम मिल्दैन भने, कतिले पारिश्रमिक नै पाउदैनन्, पाए पनि समयमा पाउदैनन् । आफ्नो सम्झौता पत्रमा उल्लेख गरे भन्दा भिन्न पारिश्रमिक र फरक किसिमको काम गर्न बाध्य बनाईन्छ । नेपाली कामदारहरुले बिदेशमा जोखिमयुक्त कामहरु गर्नुपर्दछ । आफ्नो शिप र औपचारिक शिक्षाको अभावमा जस्तो सुकै काम गर्न बाध्य भए पछि उनिहरुको स्वास्थमा असर पर्न गई कहिले काहीँ ज्यानै गएका पनि घटनाहरु छन् । नेपालीहरुले आफ्नो सम्झौता अनुसार स्वास्थ उपचार, विमा पाएका छैनन् । यदि कथमकदाचित आफ्नो कार्यक्षेत्रमा दुर्घटनावस अंगभंग भएमा अथवा कामदारको मृत्यु भएमा बिमा रकम पाउन हदै सम्मको परिश्रम गर्नु पर्ने हुँदा पीडित वा पीडितका परिवारहरु निराश भएका छन् ।

यी असंख्य समस्याहरुको वाबजुद पनि नेपालीहरु आज जे भए पनि भोली राम्रो होला भनेर ईमानदार साथ काम गरि रहेको हुन्छ । तर जब असैह्य हुन्छ अनि उसले आफ्नो सरकार, सरकारको प्रतिनिधि अथवा दूतावासलाई सम्झन्छ र हार–गुहार लगाउन पुग्दछ । उता सरकारका प्रतिनिधि अथवा सम्बन्धित देशका राजदुतावासहरुको हविगत एकाद बाहेक नेपाल भन्दा फरक छदैछैन । प्रायः देशका नेपाली राजदुतावास श्रममैत्री छैनन् भन्दा फरक पर्दैन । नेपाली राजदुतावासमा माथीबाट निर्देशन भएको सरल कामहरु मात्र नियमित रुपमा हुने बाहेक आफ्नै विवेक र परिश्रमले नेपाली कामदारहरुको हक अधिकारको लागि सम्बन्धित देशका सम्बन्धित अधिकारीहरुसंग छ्लफल गर्न रुचि नै राख्दैनन् । र अर्कोतर्फ केही जोखिम मोलेर श्रममैत्री निर्णय गरौ भन्ने साहष गरेको कहि कतै भेटिएको उदाहरणहरु छैन । बरु केही दूतावासका कर्मचारीहरुको सम्बन्धित देशका रोजगारदाता कम्पनी मालिक, म्यानपावर व्यावसायिकहरु संगको घनिष्ठ सम्बन्ध, अनावश्यक उठवसको कारणले नेपाली कामदारहरु दुःख पाएका उदाहरणहरु पनि छन् । पीडित कामदारहरुको पक्षमा भन्दा आर्थिक प्रलोभनमा परि पिडकहरुलाई नै आडभरोषा दिएको समाचारहरु कहिलेकाहीँ हेडलाईन बन्न पुगेको उदाहरण छन् । यसरी विभिन्न तह देखि आर्थिक अवस्था जिर्ण भई विपन्नता कै कारणले बिदेशीनु लागेका एउटा गाउँको गरिव युवा खाडीसम्म आईपुग्दा लगभग २ लाखको चोखो ऋृण बोक्नु वाध्य हुन्छ । हजार सपना संगालेर उज्ज्वल भविष्य खोज्न निस्नेका यी युवा जब रोजगारदाता अथवा कम्पनीमा आईपुग्छ त्यहाँ उसको सोचाई भन्दा सबै कुरा फरक र भिन्न पाउछ र कहिले काहीँ आजित भएर होला कसै कसैले अप्रिय निर्णय सम्म गर्न वाध्य हुन्छन् ।

मानवीय साहयता र तत्कालीन सहयोग जस्ता अति आवश्यक आधारभूत कुराहरुको सेवा समेत नेपाल सरकार एउटा गैरसरकारी संस्था एनआरएनएलाई जिम्मा दिएर ढुक्क सँग निदाईरहेको अवस्था छ । आफ्नो सरकार र सरकारको प्रतिनिधिले नै जिम्मेवारी दिए पछि एनआरएनएले पनि सम्बन्धित देशमा स्थापित विभिन्न नेपाली संघ संस्थाहरुसँग समन्वय गरेर सकेको ग सहयोग र्न वाध्य नै छन् अनि गरिरहेका पनि छन् । तर सबै देशमा एनआरएनए मजबुत नभएको स्थिति र सबैलाई समन्वय गर्ने ल्याकत राख्ने हैसियतका पनि छैनन् । त्यहाँ पीडितहरुले गैर सरकारी संघसंस्था भन्दा पनि आफ्नो अभिभावक नेपाली दूतावासलाई खोजीरहेका हुन्छन् । विभिन्न संघ संस्थाले श्रोत र साधनहरुको अभावका वावजुद पनि गरेका प्रयासहरु सह्रानिय भए पनि प्रयाप्त छैन । यसको लागि सरकारी पहल र सरकारको मजबुत उपस्थिति नै हुनु पर्दछ ।

यसको सुधारको लागि के गर्न सकिन्छ त ?
यसको सुधारको लागि सरकारको एकल प्रयासले मात्र पनि सम्भव छैन । वैदेशिक रोजगार क्षेत्रमा सम्बन्धित सबै व्यक्ति र निकायहरुको नैतिक जिम्मेवारी हुनु आवश्यक छ । वैदेशिक रोजगार व्यावसायिकहरुले आफ्नो व्यावसायको आचार संहिताको पालना सरकारी करकापमा भन्दा स्वतस्फूर्त रुपमा यो मेरो जिम्मेवारी हो भन्ने भावना मनमा जगाई पालना गर्नुपर्दछ भने सरकारले पनि आफ्नो प्रशासनिक कार्यहरु द्रुतरुपमा चुस्त दुरुस्त गरेर अनावश्यक झन्झटहरुबाट व्यावसायिहरुलाई मुक्त गर्र्नै पर्दछ । वैदेशिक रोजगारमा हुने बिचौलियाहरुलाई निरुत्साहित गर्न कडा कानुनको व्यवस्था गर्ने र कार्यान्वयनमा कुनै कसर बाँकी राख्न हुन्न ।

पछिल्लो समयमा सरकारले केही समस्याहरु पहिचान त गर्याे तर त्यसको समाधानमा अपनाएको बाटोले वैदेशिक रोजगारमा रहने र वैदेशिक रोजगारमा आश्रित परिवारले अत्यन्त पीडा भोग्नु पर्यो । उदाहरणको लागि घरेलु कामदार भिषा अन्र्तगत रहेका नेपालीहरुले पुनः रोजगारमा फर्कन नसकिने कारणले बर्षौ बिदेशमा बस्न पर्याे भने घरबिदामा गएकाहरुले फर्कन नपाउदा आफ्नो रोजगार नै गुमाउनु पर्यो । अहिले केही समय पहिला यो समस्याको तत्कालीन समाधान मात्र भएको छ यसको दीर्घकालीन समस्याको समाधान खोजिनु विलम्ब गर्नु हुन्न ।

अन्य देशहरुमा भन्दा फरक भिषा बहराईनमा बहराइन सरकारले जारी गरेको छ। जसको मान हो फ्लेक्सी भिषा । यो भिषा कुनै कामदार आफ्नो कारणले अथवा रोजगारदाताको कारणले अवैधानिक नहोस् भनेर स्वयम् सरकारले जारी गरेको भिषा हो । यो भिषा सम्बन्धित सबै पक्षलाई यथेष्ट जानकारी हुँदाहुँदै पनि अझै निर्णय नहुँदा धेरै नेपालीहरु मर्कामा परेका छन् । यसको तत्काल उपाय खोजिनु पर्दछ । हामीसँग चुनौती र अवसरहरु प्रसस्त छन् ती चुनौतीको सामाना गर्दै अवसरलाई गुम्न नदिनु बुद्धिमानी हुन्छ । चुनौतिको सामना गर्नु सट्टा कामदारहरुको आवत जावत नै रोकिनु दुखद कुरा हो । अहिलेको समयमा वैदेशिक रोजगारलाई रोक्न सकिन्न र हुदैन पनि । बरु यसमा नयाँ गन्तब्यहरु खोजी गरी सहज तथा सरल कामका लागि युवाहरु विदेश पठाउन सकिन्छ । यसका लागि सरकारी स्तरमानै विभिन्न सीपमुलक प्राविधिक शिक्षा उपलब्ध गराई दक्ष जनशक्ति उत्पादन गर्दै विश्वभरिको अवसर छोप्नु सक्नु पर्दछ । दक्ष जनशक्ति उत्पादनको लागि सरकारले हाम्रो शैक्षिक नीति परिमार्जन गरि शिपमुलक शिक्षालाई प्रोत्साहन गर्नु पर्दछ ।

आजको युगमा नेपालको कुनै जिल्लामा काम गर्नु र बिदेशको कुनै ठाउँमा काम गर्नुमा केही फरक छैन खाली फरक छ त कामदारले पाउने ईज्जत् र उसको पारिश्रमिक हो । यदि हामी नेपालीहरु दक्ष भएर वैदेशिक रोजगारमा आउने हो भने उसले ईज्जत्संग आकर्षक पारिश्रमिक पनि पाउने छ । यसको लागि सरकार सरोकारवालाहरु सबै ईमानदार भई लाग्नु पर्दछ भने नागरिकहरुले पनि आफ्नो जिम्मेवारी के हो बुझ्नु पर्दछ ।

लेखक, गुरुङ नेपाली जनसम्पर्क समिती बहराइनका सभापति समेत हुन्

वि.सं.२०७६ पुस ३ बिहीवार ११:४१ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...