४ पुष, लण्डन । गैरआवासीय नेपाली संघले विश्वभर छरिएका नेपाली समुदायसँग प्रत्यक्ष संवादको कार्यक्रम शुरु गर्ने भएको छ ।
संघका महासचिव डा. हेम राज शर्माका अनुसार एनआरएनएलाई उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने सो कार्यक्रम संचालन गरिन लागिएको हो । संघका हरेक गतिविधीलाई विश्वभर छरिएका रहेका नेपालीमाझ पुर्याउने उद्धेश्य अनुसार प्रत्यक्ष संवाद गरिन् लागिएको हो ।
परिक्षणका रुपमा सञ्चालन गरिने पहिलो संवाद ‘एनआरएनएसँग सिधा संवाद’ औपचारिक सुरुआत हुने छ । आगामी शनिबार दिउँसो, नेपाली समय अनुसार ठीक दिउसो ३.१५ बजे संघको आधिकारीक फेसबुक पेज (https;|/www.facebook.com/n\Rn\AOfficial/) बाट शुरु हुने सो संवादमा संघका महासचिव डा. हेम राज शर्माले विश्वभर छरिएका नेपालीहरुसंग प्रत्यक्ष कुराकानी गर्दै जिज्ञासाको जवाफ दिने छन् ।
कार्यक्रममा जनचासोका विषयमा रहेर सम्बन्धित संघका विभागका प्रमुखसँग प्रत्यक्ष संवादको अवसर मिलाइने जनाएको छ ।
वि.सं.२०७६ पुस ४ शुक्रवार १३:५८ मा प्रकाशित






























