back
CTIZAN AD

लघु कथा : वनदेउता अनि हजुरबा

वि.सं.२०७६ पुस ५ शनिवार

9.6K 

shares

म सानो थिएँ । घरको जेठा छोरा । घरको धेरै जिम्मेवारी बाझले मलाई दिनुभएको थियो । गाई बाख्रा चराउनु ,दूध ठेक्कीमा हाल्नु । भाइ बहिनीलाई अक्षर चिनाउनु,जंगलबाट घाँस काटेर ल्याउनु पर्ने आदि ।

हजुरबाको कुरा सुनेर म एकोहोरो हुन्थेँ । कहिले माले गोरु भीरबाट झरेको कुरा सुनाउने । कहिले आफै भीरबाट झरे पनि केही नभएको रोचक कथाहरु सुनाउने । मलाई सानोदेखि नै कथा खुब मनपर्ने ।

यसरी नै कथा सुनाउने क्रममा एकदिन हजुरबाले आफूलाई वनदेउता (झाँक्री ) ले लगेको कुरा सुनाउनु लाग्नुभयो–‘म गाई चराउनु जंगलतिर लाग्दा अचानक वन झाँक्री छेउमा आएर हात समातेर घनघोर जंगलतिर लगेको दिन मेरो मनमा डर भन्ने पटक्कै लागेको थिएन ।

जतिजति जंगलभित्र पस्दै गयौं वन देउताले मलाई ज्ञानका कुरा दिँदै जानुभयो । ज्ञानको कुरा कसैलाई नभन्नु भनेर आदेश वनदेउताले दिनुभयो । जसलाई ज्ञान दिनुपर्छ म आफै ज्ञान दिन उसलाई यहाँ लिएर आउँछु । तिमी विचलित नहुनू । प्राणी जगतमा मैले दिएको ज्ञानले कल्याणकारी काम गर्नू । लोभ लालच धन, रुपियाँ आदि लिएर कहिले मैले दिएको ज्ञानको दुरुपयोग नगर्नू ।

सधैं प्राणी जगतमा कल्याण कार्य गरेर गुरुको मान मर्यादा राख्नू । मैले दिएको ज्ञानले कसैलाई दुखी नबनाउनू । हत्या हिंसा नगर्नू । चोखो मनले मेरो स्मरण गर्नु अवस्य तिम्रो वचन पूरा गर्न म त्यहाँ अदृश्य रुपमा आइपुग्छु भनेर ठूलो गुफामा मलाई हाल्नुभयो । वनदेउतासित हिँडेको देखेर बाघ भालु सबै प्राणीले छेउ छेउबाट मलाई हेरिरहेका थिए । कसैसित कसैको डर थिएन ।

गुफा हेर्दा डरलाग्दो थियो । तर गुफाभित्र सूर्यको किरण थिएन । एक प्रकारको उज्यालो थियो । धेरै भित्र पसेपछि वनदेउताले कानमा मंत्र तीनपल्ट सुनाउनुभयो । त्यही मंत्र स्मरण गराउँदै एउटा चोखो ठाउँमा राख्नुभयो ।

म मंत्र स्मरण गर्दै आँखा बन्द गरेर ध्यानमा बसेँ । रात के हो, दिन के हो मलाई थाहा भएन । धेरै दिनपछि अचानक बालक आँखा खोल भन्दा म झसङ्ग भएँ ।

वनदेउताले मलाई जुन स्थानबाट लिएर जानुभएको थियो त्यही स्थानमा छोडेर फर्किनुभयो ।
म भने घरतिर लागेँ । मलाई देखेर सबै अतालिनु थाले । कहाँ गएको थिइस् कहाँ गएको थिइस् भन्दै सोध्नु थाले । बा’ले बाहिर आएर एक थप्पड हान्नुभयो । घरको ठूलो छोरा भएर यसरी घर छोडेर हिँड्नु हो । अब छोरा ठूलो भयो काम सघाउँछ भनेर सोचेको त पन्ध्र पन्ध्र दिन यसरी घर छोडनु हो ।

मैले मन मनै सोचेँ, घर छोडेको पन्ध्रदिन भएको रहेछ । पन्ध्र दिनसम्म केही नखाई पनि मेरोमा फुर्ती भने उस्तै थिएछ ।

आमा भने छेउमा बसेर सुँक्सुँक गरेर रुनु थालिन् । मैले सबैलाई एक नजर हेरेँ ,सबै मेरो अति प्रिय परिवार थिए ।’’

हजुरबाको कथा सुनेर म दंग परेँ ।।

समाप्त

वि.सं.२०७६ पुस ५ शनिवार ०९:५२ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...