back
CTIZAN AD

कविता : रूग्नता

वि.सं.२०७६ पुस ५ शनिवार

846 

shares

बस्तीहरू शहर बसाइँ सरे पछि
हिजोआज ..
खेतका सुखा गह्राहरू
आफ्नो बाँझो छातीलाई
तातो आँसुले सिंच्दै
रोप्दैछन रे प्रतिक्षाका बिउँहरू
फेरि पौरखी हातहरू
उम्रिने आशामा ।
बस्तीहरू शहर बसाइँ सरे पछि
हिजोआज..
गाउँका सुनसान गोरेटोहरू
समयले धुमिल पारेका
असंख्य शहरमुखी पाइलाका
डोबहरू नियाल्दै
प्रतिक्षारत छन रे
फर्कि आउछन् फेरि ती पाइलाहरू भन्ने
झिनो आशामा ।
बस्तीहरू शहर बसाइँ सरे पछि
हिजोआज ..
रूँदैछन रे देवी देवरालीहरू
भाकल र फूलपाती बिना
अनि उजाड चौतारीका
रूग्न अवशेषहरू नियाल्दै
उदास छन रे गाँउका
वर पिपलहरू
अहिले यतिबेला
म डाँडामा बसेर मलामी पाउन् छोडेको
खण्डहर गाउँ हेरिरहेछु ।

वि.सं.२०७६ पुस ५ शनिवार ०९:५३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...