back
CTIZAN AD

कविता : रूग्नता

वि.सं.२०७६ पुस ५ शनिवार

876 

shares

बस्तीहरू शहर बसाइँ सरे पछि
हिजोआज ..
खेतका सुखा गह्राहरू
आफ्नो बाँझो छातीलाई
तातो आँसुले सिंच्दै
रोप्दैछन रे प्रतिक्षाका बिउँहरू
फेरि पौरखी हातहरू
उम्रिने आशामा ।
बस्तीहरू शहर बसाइँ सरे पछि
हिजोआज..
गाउँका सुनसान गोरेटोहरू
समयले धुमिल पारेका
असंख्य शहरमुखी पाइलाका
डोबहरू नियाल्दै
प्रतिक्षारत छन रे
फर्कि आउछन् फेरि ती पाइलाहरू भन्ने
झिनो आशामा ।
बस्तीहरू शहर बसाइँ सरे पछि
हिजोआज ..
रूँदैछन रे देवी देवरालीहरू
भाकल र फूलपाती बिना
अनि उजाड चौतारीका
रूग्न अवशेषहरू नियाल्दै
उदास छन रे गाँउका
वर पिपलहरू
अहिले यतिबेला
म डाँडामा बसेर मलामी पाउन् छोडेको
खण्डहर गाउँ हेरिरहेछु ।

वि.सं.२०७६ पुस ५ शनिवार ०९:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...