back
CTIZAN AD

गजल

वि.सं.२०७६ पुस ५ शनिवार

1.1K 

shares

एभरेस्ट हिमाल शुभ्र शीर मेरो
मनोरथा नेपाल तीब्र पीर मेरो

प्रकृतिको आशिष सौन्दर्यको शान
जोगाउन कठिन आज तीर मेरो

सबैतिर पहाड हरियाली दृश्य
डाँडाकाँडा सर्वत्र ज्यान भिर मेरो

रङ्गीचङ्गी गुराँस फुल्छन् पाखो फेद
लाली गुराँस शिरमा छ स्थीर मेरो

हिमालको काखमा खेल्छन् चरी डाँफे
बहुरङ्गी शरीर घुमी फीर मेरो

जङ्गलै जङ्गल छ पहाड तराई
हात्ती,गैंडा, हरिण छन् तक्दिर मेरो

नदिनाला छ हजार छन् यहाँ हेर
जलश्रोतमा धनी छैन धीर मेरो

मन्दिरै मन्दिरको शहर नेपाल
साँस्कृतिक सुन्दर छन् मन्दिर मेरो

ताल तलैया कति छन् बक्षस्थलमा
रमाउँछन् बटुवा तालनिर मेरो

सानो देश भए नि हावापानी राम्रो
छोराछोरी सपूत गोर्खे वीर मेरो

वि.सं.२०७६ पुस ५ शनिवार ०९:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...