‘बधाई छ ! छोरी भयो !’
भन्दा तिम्रो मुहारमा आएको मुस्कान झै
तिम्रो छोरीलाई मुस्काउन देउ
नरोक उसलाई पखेटा फिजाउन
चरीलाई उड्न देउ ।
डाँडाकाँडा काटेर संसार हेर्न देउ
शिक्षा र सभ्यतामा अघि बढ्न देउ
खुसी मनले बाटो रोज्न देउ
भञ्ज्याङ्ग र देउराली तरि गन्तब्य पुग्न देउ
नरोक उसलाई पखेटा फिजाउन
चरीलाई उड्न देउ ।
शोषण र अत्याचारको
बिरोध गर्न देउ
अस्मिता लुटहा दानवहरुको
संहार पनि गर्न देउ
संस्कार र रितीको डरमा
उसको यात्रा रोकी नदेउ
आकाश छिचोल्ने उनको मनोबललाई
तिम्रो घमन्ड र ईष्र्याले ठोकी नदेउ ।
पखेटा हुन्छ उडान उड्न
नरोक उसलाई पंख फिजाउन
चरीलाई उड्न देउ
छोरीलाई उड्न देउ ।
वि.सं.२०७६ पुस ५ शनिवार ०९:५७ मा प्रकाशित






























