सडकमा कराएर हुदैन,
यहाँ जोश हराएर हुदैन ।
अब केही गर्नैपर्छ हामीले,
मुखमात्र चलाएर हुदैन ।
हामी दाजु र भाई आपसमा,
तिखो सिङ्ग फसाएर हुदैन ।
हाम्रो आँगनमा टेक्यो बैरीले,
ढोल पिटी भगाएर हुदैन ।
हिम्मत नहारी मिलेर हिडौ,
अब हामी डराएर हुदैन ।
वि.सं.२०७६ पुस ५ शनिवार १०:०१ मा प्रकाशित






























