back
CTIZAN AD

कविता : अस्तब्यस्त समस्याग्रस्त

वि.सं.२०७६ पुस ५ शनिवार

789 

shares

प्याज सरि पत्रैपत्र छन् समस्या
अलपत्र छन् समाधान
बन्दा सरि पत्रैपत्र छन् सयौं सपना
अलपत्र छन् बिपना यहाँ !

कति खातै खातमा बाँचेकाछन्
अनि कतिका हात पुर्पुरोमा भेटिन्छन् !
महलमा अटाए पनि धनको माँत तिनै हुन्
झुपडीमा कटाए पनि दिनरात तिनै हुन् ।

खुल्ला आकाश ओढ्नेको पीडा बेग्लै छ
यात्रा विचैमा छोड्नेको पीडा सग्लै छ
टाउकोमा ऋृणको भार बढ्दो छ
समस्याको पाईला सगरमाथा चढ्दो छ
तराई शितलहर देखि त्रस्त छ
हिमाली बस्ती हिउँले प्रसस्त छ
पहाड चूरे बनेर नाँगिदो छ
अपराधिक गतिविधि झांगिदो छ
तन्दुरुस्त हुनु साँटो सिकिस्त भेटिन्छन्
समाधान आफैमा समस्याग्रस्त लाग्छन् !

लुट्नेले राजनीतिलाई ढाल बनायो
चुसेर रगत मासु देश कंकाल बनायो
जनतालाई आश्वासनको चारो मिल्कायो
विकास र समृद्धिका नारा उरालेर
आँखामा धुलो हाल्यो, छारो मिल्कायो
भ्रस्टाचारले जरो गाड्यो
सदाचारले डेरै छाड्यो
साधु सन्त बाबाहरू ढोंगि भेटिए
अस्पताल आफै रोगी भेटिए
मेडिकल माफियाले कुर्सी जोगाए
भोज भतेर मेजमानी मार्सी पचाए !
स्वास्थ्य शिक्षा रोजगार रोजिछाडी भो
नेपालीको कर्मभुमी सधैं खाडी भो !
तन्दुरुस्त हुनु साँटो सिकिस्त भेटिन्छन्
समाधान आफैमा समस्याग्रस्त लाग्छन् !
फेरि पनि
किड्नी बेचेर सिड्नी जानु छैन भो
भरिन्न पेट मागेर मुट्ठी खानु छैन भो
पसिनाले मेरै माटो भिजाउँन मन्छ
मरेर जाँदा अमरावती लानु छैन भो ।
उत्तम विचार ०७६ ।

वि.सं.२०७६ पुस ५ शनिवार १०:०३ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...